रौतहट । रौतहटमा एक जनाको शव फेला परेको छ । रौतहटको चन्द्रपुर नगरपालिका १ माथिल्लो क्यान्टिन बजारमा ३० वर्षीय युवाको शव फेला परेको हो ।
कृष्ण बाबु लामाको छिमेकीको घरको छतमा शुक्रबार मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।




