सर्लाही । सर्लाहीको ईश्वरपुरमा विषालु सर्पले डसेर एक बालकको ज्यान गएको छ । ईश्वरपुर नगरपालिका ८ ईश्वरपुर टोल निवासी रामप्रकाश चौधरीका छोरा १४ वर्षीय विक्रोस चौधरीको मृत्यु भएको हो ।
घरमा सुतेकै ठाउँमा सर्पले बालकलाई डसेको थियो । नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा उपचार गर्न ल्याइएका बालकलाई यहाँ उपचार सम्भव नभएपछि जनकपुर लैजाने क्रममा बाटोमा नै ज्यान गएको हो ।




