धनुषा । धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाबाट ८० लाख रुपैयाँ लुटिएको छ । आज दिउँसो पेस्तोल देखाएर ८० लाख लुटेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शुभश्री बचत तथा ऋण सहकारी संस्था मैनाथपुरमा कार्यरत वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ३ जनाले ८० लाख लुटेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जनकपुरधामको भानुचोकमा रहेको राष्ट्रिय सहकारी बैंकबाट रकम झिकेर सहकारीतर्फ जाँदै गर्दा जनकपुरधाम उपमहानगर १९ मा महतोका साथमा रहेको रकम लुटिएको हो ।
जानकारी प्राप्त भएलगत्तै प्रहरी घटना स्थल पुगेर लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




