सिराहा । स्थानीय बिचौलिया नरेश साहसँग मिलेर गैरव्यवसायिक गतिविधिमा लागेको आरोपमा सिराहाका एसपी सन्तोष आचार्यमाथि प्रहरी प्रधान कार्यालयले छानविन थालेको छ । साहको मोबाइलका आधारमा छानविन सुरु भएको हो ।
एसपी आचार्य तीन महिनाअघि मात्र सिराहा सरुवा भएका थिए । यस्तै साहलाई प्रहरी प्रधान कार्यालयको गोप्य टोलीले शनिबार पक्राउ गरेको छ । साह हुन्डी कारोबार तथा तस्करीको सेटिङ मिलाउने व्यक्तिका रूपमा चिनिन्छन् ।
घटना बाहिरिएसँगै प्रहरी प्रधान कार्यालयले सिराहाका प्रहरी प्रमुख परिवर्तन गरेको छ । सिराहाका एसपी सन्तोष आचार्यलाई फिर्ता बोलाइएको हो । अहिले सिराहामा रमेश पण्डितलाई पठाइएको छ ।




