वीरगंज । श्रीपुर वडा प्रहरी कार्यालयले एक जना विद्यार्थीलाई नियन्त्रणमा लिएर चेतावनी दिँदै रिहा गरेको छ । वीरगंज कलेजमा कक्षा १२ मा अध्ययनरत बारा, कलैया ५ बरेवा बस्ने फैयाज अन्सारीलाई नियन्त्रणमा लिएर रिहा गरेको हो ।
मंगलबार कक्षा १२ को अन्तिम परीक्षा दिएर सेन्ट जेभियर्स मावि केन्द्रमा निस्केपछि बिहान ११:३० बजे विद्यार्थीहरूबीच झगडा भएको थियो । प्रहरीले झगडा सुल्झाउन खोज्दा प्रहरीमाथि नै विद्यार्थीहरू जाई लागेपछि फैयाज अन्सारीलाई नियन्त्रणमा लिइएको थियो ।
आइन्दा गल्ती नगर्ने शर्तमा अन्सारीलाई निजकी आमाको जिम्मा लगाइएको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ । वाणिज्य सङ्काय अन्तर्गत कक्षा १२ को अन्तिम परिक्षा पश्चात झडप भएको हो ।
बिजनेश स्टडी विषयको परीक्षापछि विद्यार्थीहरू आ-आफ्नो शर्टमा अटोग्राफ लेख्ने क्रममा विद्यार्थीहरूबीच झगडा भएको थियो । झगडा सुल्झाउने क्रममा विद्यार्थीहरूले प्रहरीले ज्यादती गरेको आरोप लगाएका छन् ।




