धनुषा । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ५ लक्ष्मीपुरस्थित खाली चौरबाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्राम गएराति प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा, इलाका प्रहरी कार्यालय फुलगामा र प्रहरी चौकी बहेडाबेलाबाट खटिएको प्रहरीले उक्त स्थानमा वेवारिसे अवस्थामा ५ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।






