महोत्तरी । महोत्तरीको औरही नगरपालिका ८ टिम्कियाबाट अवैध लागूऔषध गाँजा १ सय ७ किलो ४ सय ८५ ग्रामसहित सर्लाही पर्सा गाउँपालिका १ बस्ने २१ वर्षीय चन्दन यादवलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले बीआर ३० एएच २३८८ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा डिकीमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक चन्दनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






