बारा । आपराधिक उपद्रो गरेको भन्दै जितपुर सिमरा उपमहानगरपालिक वडा ७ का वडाध्यक्षसहित ६ जनालाई बारा जिल्ला अदालतले एक महिनाको कैद फैसला सुनाएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासले शुक्रबार वडाध्यक्ष सुनिल गुप्ता लगायतलाई कैदसहित जनही एक हजार रुपैयाँ जरिवाना गरेको हो ।
वडाध्यक्ष गुप्ताले राजुराज गिरीको घर अगाडि डोजरले खनेर क्षति पुर्याएका थिए । गिरी स्थानीय तह निर्वाचनमा गुप्ताका निकटतम प्रतिस्पर्धी थिए । गिरीको तर्फबाट वादी नेपाल सरकार रहेको मुद्दामा वडाध्यक्ष गुप्ता, नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोज गुप्ता रहेका छन् ।
यस्तै कानु भनिने सुनिल साह, वडा अध्यक्षका दाइ अनिल गुप्ता, सुरेश राउत अहिर भनिने सुरेश यादव र वडा कार्यालयमा कार्यरत रामजी साह रहेका थिए । मुलुकी अपराध संहिता २०७४ को दफा २७५ (१) र (२) (ख) बमोजिमको कसुर गरेको ठहर बारा जिल्ला अदालतले फैसलामा सुनाएको छ ।




