महोत्तरी । महोत्तरीमा विधुत प्राधिकरणले पटक पटक लाईन काटेपछि आन्दोलित भएका छन् । पटक पटक लाईन काट्ने र लाईन दिएतापनि कम भोल्टेज दिँदा व्यवसाय संचालनमा कठिनायी भएको भन्दै शुक्रबार उनीहरुले पुर्वपश्चिम राजमार्ग १ घण्टा चक्काजाम गरेका हुन् ।
स्थानीयको समेत सहभागीतामा भएको चक्काजाममा विधुत प्राधिकरणले नियतवस लाईन अवरुद्ध बनाएपछि प्रारम्भिक चरणमा चक्काजाम गर्न बाध्य भएको व्यापारीहरुले बताए । व्यापारीहरुले शनिबार यो विषयमा उधोग वाणिज्य संघ बर्दिवाससँग पनि छलफल गर्ने भएका छन् ।
छलफलपछि उपयुक्त निष्कर्ष ननिक्लिएमा समस्या सावधान नभएसम्म चरणवद्व आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने स्थानिय व्यवसायी विनोद भण्डारीले बताए । व्यापारीहरुको मागमा ऐक्यबद्धता जनाएको बताउँदै उधोग वाणिज्य संघ बर्दिवासका अध्यक्ष विष्णु खडकाले यस्को समाधानको लागि उपयुक्त पहल गर्ने प्रतिवद्वता जनाएका छन् ।
यता विधुत प्राधिकरण औरही प्रशारणका कार्यालय प्रमुख जवननाथ झाले हावाहुरीका विधुत अवरुद्ध भएको बताए । ‘नियतवस हामिले लाईन काटेका हैनौं । ढल्केवर प्रशारण लाईनबाट पुर्णरुपमा विस्थापन गरेर औरही प्रशारणको लागि काम गरिरहेका छौं ।’ प्रमुख झाले भने । ‘हामी सर्वसाधारण र व्यापारीहरुको गुनासोमा गम्भिर छौं ।’ विधुत प्राधिकरणका तर्फबाट कुनै लोडसेडिङ नभएको पनि उनले बताए ।




