काठमाडौं । प्रहरीले काठमाडौंबाट ११ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौंको गौरी घाटबाट शनिबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कलाकारदेखि अन्य व्यवसायीहरू रहेका छन् । जसमा ‘सक्किगोनि’का कलाकार पुरुषोत्तम आचार्य समेत छन् ।
‘सक्किगोनि’मा उनी प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिँदै आएका छन् । उनीहरूको साथबाट नगद १ लाख ७० हजार रुपैयाँ र १६ बुक तास बरामद गरिएको छ ।




