मोरङ । १६ र १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका ४ बस्ने ३५ वर्षीय जोसन राई रहेका छन् । उनलाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
राईले ती किशोरीहरूलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उजुरीपछि किशोरीहरुको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्था पठाइएको छ । घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




