काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा खसेको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । दिउँसो १ बजेसम्म १४ जनाको शव निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।
शुक्रबार बिहान पोखरादेखि काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस साढे ११ बजे नदीमा खसेको थियो । बसमा ४१ जना यात्रु रहेकोमा १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पताल लगिएको छ ।
बस दुर्घटनामा ११ जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ ।






