कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ११ दिपनगरमा सडकछेउको नालीमा डुबेर एक जनाको मृत्यु भएको छ । नालीमा डुबेर सोही नगरपालिकाको वडा नं. ४ का ३६ वर्षीय राज कुमार डंगौराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार माछा मार्ने क्रममा नालीमा डुबेर घाइते भएका डगौंराको शुक्रबार बिहान भारत उत्तर प्रदेशको बरेलीस्थित भोजीपुरा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।




