काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ९ हजार ६१३ पीसीआर र ४ हजार ५६९ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ९३६ जनामा संक्रमण पुष्टि हो ।
पछिल्लो अपडेटसँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ६४ हजार ५७६ पुगेको छ । यस्तै गत २४ घण्टामा १ हजार ७७५ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ६ लाख २८ हजार २४३ पुगेको छ ।
यस्तै आज ४३ जना संक्रमितको ज्यान गएको भएको मन्त्रालयले जनाएको छ । याेसँगै ज्यान गुमाउनेकाे संख्या ९ हजार ५०६ पुगेको छ ।




