काठमाडौं । श्रीमतीको हत्या गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं. ७ घर भई काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं. ६ बस्ने ६० वर्षीय जितबहादुर भन्ने काले तामाङ रहेका छन् ।
नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं. ७ घर भई काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं. ६ बस्ने ४५ वर्षीया डोल्मा शेर्पा गत बैशाख गते आफ्नै डेरा कोठामा मृत अवस्थाम भेटिएकी थिइन् ।
अनुसन्धान गर्दै जाँदा प्रहरीले हत्या आरोपमा श्रीमान् जितबहादुर भन्ने काले तामाङलाई आइतबार भक्तपुरको छालिङबाट प्रहरीले पक्राउ गरेको छ । उनले श्रीमती डोल्मालाई कुटपिट गरी हत्या गरेको प्रहरीको आरोप छ ।
उक्त घटनापछि जितबहादुर उपत्यकाका विभिन्न ठाउँमा लुकीछिपी बस्दै आएको र पछिल्लो पल्ट छालिङमा भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागी प्रहरी वृत्त कीर्तिपुर पठाइएको प्रहरीले जनाएको छ ।




