काठमाडौं । दसैंको दसौँ दिन अर्थात् विजयादशमी यस पल्ट शनिबार परेको छ । घटस्थापनाको दिन कलश राखेर जमरा रोपी नौ दिनसम्म गरिएको पूजाआजाको विसर्जन यही दिन गर्ने प्रचलन छ ।
त्यस्तै, विजयादशमीका दिन टीका लगाउने गरिन्छ । टीकाको साइत हेरेर पहिलो टीका लगाउनु उपयुक्त हुने विज्ञहरु बताउँछन् । यद्यपि विजयादशमीको दिन जुनसुकै बेला पनि टीका लगाउन मिल्ने विज्ञहरु बताउँछन् । टीका लगाउने तरिका पनि जान्नुपर्ने विज्ञहरु बताउँछन् ।
टीकाको दिन चन्द्रमाको अवस्थिति अनुसार लगाइदिने मानिस पूर्व र लगाउने मानिस पश्चिम फर्कनु पर्छ । मान्यजनहरुबाट विजयादशमीका दिन मन्त्रसहित टीका थाप्नुपर्छ । टीका लगाउँदा जमरा अनिवार्य मानिन्छ । त्यस्तै, दहीमा मुछेर रङ हालेर चामलको अक्षता लगाउने चलन छ ।
यस्तो छ दसैंमा पढिने मन्त्र:
ॐ आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे, ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।। सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते, विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
त्यस्तै, महिलाका लागि यो मन्त्र पनि पढ्ने गरिन्छ:
जयन्ती मंगला काली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते ।




