काठमाडौं । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि उच्चतम मूल्य असोज १८ गते १ लाख ६१ हजार ३ सय रुपैयाँ थियो ।
अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १ हजार ३०० रुपैयाँले बढेको हो । अघिल्लो दिन १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९२५ रुपैयाँ रहेको चाँदी आज १ हजार ९५० कायम भएको छ । असोज २० गते चाँदी १ हजार ९८५ रुपैयाँसम्म पुगेको रेकर्ड छ ।




