काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको । शुक्रबार सुन तोलामा २ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन बिहिबार प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको हो । सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ ।
आज प्रतितोला चाँदी १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ९५० रुपैयाँमा खरिद बिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा परेको हो ।




