दाङ । गढवा गाउँपालिका १ बडहरा बस्ने ६४ वर्षीय काशिराम नेपालीलाई ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको अनुसार, उक्त घटना बारे उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवा र अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको टोलीले काशिरामलाई पक्राउ गरेको हो ।
पक्राउ गरिएका नेपालीको विषयमा प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ ।




