रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित मकवानपुरको सीमा क्षेत्रमा शनिबार गोली चलेको छ । अज्ञात समूहको गोली प्रहारबाट मकवानपुरको हात्ती सुने माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम लामा घाइते भएका छन् ।
घटना चन्द्रपुर नगरपालिका १ बाट मकवानपुरको राईगाउँतर्फ जाने सडकमा रहेको जोगी खोलाको मुहानमा भएको हो । गोली दाहिने गालामा लागेका लामालाई तत्कालै उपचारका लागि वीरगञ्ज पठाइएको स्थानीय समिरबाबु कार्कीले जानकारी दिए ।
गोली प्रहार भएको स्थानमा अहिले प्रहरी चौकी पौराहीबाट प्रहरी सहायक निरीक्षक कुन्दन सिंहको नेतृत्वमा प्रहरी टोली पुगेको छ र घटनाको अनुसन्धान जारी छ ।




