अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । गोरुसिङ्गे-सन्धिखर्क सडकखण्डस्थित शितगङ्गा नगरपालिका ४ कोप्चेवासमा भे १ ख २११८ नम्बरको बसले लु ३० प २५४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि अनियन्त्रित भएर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार घाइतेमध्ये चार जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल रेफर गरिएको छ । अन्यको उपचार प्राथमिक स्वास्थ्य केन्द्र ठाडामै भइरहेको छ । घाइतेहरूको अधिकांश बाँके जिल्लाका रहेको जानकारी पनि प्रहरीले दिएको छ ।




