दाङ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको राप्ती गाउँपालिका २ स्थित कटेशखोला नजिक गएराति हाइस दुर्घटनामा परेको छ । कपिलवस्तुको चन्द्रौटाबाट लमहीतर्फ जाँदै गरेको लु २ ख ४२०४ नम्बरको हाइसबस अनियन्त्रित भई सडक छेउ पल्टिएको हो ।
दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको ट्राफिक प्रहरीले जनाएको छ । बस अनियन्त्रित हुनुको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनास्थलमा प्रहरीले समयमै पुगेका छन् भने ठूलो दुर्घटना टरेको छ ।




