बर्दिया । बारबर्दिया नगरपालिका ७ सिउनिया घर भई वडा नं. ४ घोरपिट्टामा बस्दै आएकी २ वर्षीया समयता थारूको रानीपुर कुलोमा डुबेर मृत्यु भएको छ ।
बिहीबार साँझ कुलोमा डुबेर अशक्त भएकी बालिकालाई तत्काल स्थानीय मेडिकलमा उपचारका लागि लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको हो । प्रहरीले घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




