धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ३, रिचोकटारस्थित सडकमा शुक्रबार राति ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ भने अर्का घाइते भएका छन् ।
सडक किनारमा रोकी राखेको बा प्र २-०३-००१ क ००६३ नम्बरको ट्रकमा बा प्र ०३-०१३ प ७८०१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक २४ वर्षीय रामकृष्ण कँडेलको उपचारका क्रममा राजमार्ग अस्पताल, मलेखुमा मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार अर्का व्यक्ति घाइते भएका छन् । गम्भीर अवस्थामा रहेका उनलाई थप उपचारका लागि केएमसी अस्पताल, सिनामंगल पठाइएको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई घटना बारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




