ललितपुर । गोदावरी नगरपालिका १३ झरूवाराशीमा इनारमा डुबी ६ वर्षीया आरती डाँगीको शनिबार साँझ मृत्यु भएको छ । आरती सुर्खेत गुरूवा कोट नगरपालिका २ घर भई सोही स्थानमा बसोबास गर्दै आएका सन्तोष डाँगीकी छोरी थिइन् ।
शनिबार साँझ इनारमा डुबेर अशक्त भएकी बालिकालाई तत्काल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटना बारे आवश्यक अनुसन्धान गरिरहेको छ । इनारमा डुब्ने परिस्थिति बारे थप विवरण संकलन भइरहेको छ । प्रहरीले अभिभावकहरूलाई बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन र यस्ता जोखिमयुक्त स्थानमा सतर्कता अपनाउन आग्रह गरेको छ ।




