रामेछाप । सालुतर्फ जाँदै गरेको टिपरबाट खसेर एक युवाको मृत्यु भएको छ । मन्थली नगरपालिका १ भैसेश्वरस्थित सडकमा आइतबार दिउँसो टिपरबाट खसेर ३२ वर्षीय नारायण बस्नेतको मृत्यु भएको हो ।
प्रारम्भिक जानकारी अनुसार, प्रदेश ३-०१-००३ क ९७६३ नम्बरको टिपर सुकाजोरबाट सालुतर्फ जाँदै थियो, र सोही बेला मन्थली नगरपालिका ४ सालु अर्चले बस्ने नारायण बस्नेत टिपरबाट खसेर गम्भीर घाइते भएका थिए ।
उनलाई तत्काल मन्थली अस्पतालमा ल्याएर उपचार सुरु गरिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




