काठमाडौं । काठमाडौं महानगरपालिका १२, भोटेबाहालमा मंगलबार दिउँसो भएको चोरीमा करिब १४ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल हराएको छ । म्याग्दी घर भई भोटेबाहालमा डेरा गरी बस्ने ८१ वर्षीया पदम कुमारी तुलाजनको कोठाबाट ९ तोला सुन र नगद ८० हजार रुपैयाँ चोरी भएको हो ।
चोरीको घटनापछि पीडितले प्रहरीलाई खबर गरेपछि प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी तीव्र पारेको छ । यस घटनामा संलग्न व्यक्तिहरूको पहिचान र पक्राउका लागि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
चोरीका घटना दोहोरिन नदिन प्रहरीले नागरिकलाई सतर्क रहन र शंकास्पद गतिविधि बारे तुरुन्त जानकारी गराउन आग्रह गरेको छ । यो चोरीको घटनाले स्थानीय बासिन्दा माझ सुरक्षा व्यवस्था प्रति चिन्ता बढाएको छ ।




