भक्तपुर । भक्तपुरको सानोठिमी क्षेत्रको धुन्चेपाखामा भएको एक स्कुटर दुर्घटनामा पतिको मृत्यु भएको छ भने उनकी पत्नी गम्भीर घाइते भएकी छन् । दुर्घटना सोमबार राति भएको हो।
झापाको भद्रपुर घर भएका ३१ वर्षीय निश्चल राजभण्डारीको स्कुटर दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी डुण्डीराज न्यौपानेले जानकारी दिए । निश्चल राजभण्डारी स्कुटरको चालक थिए ।
दुर्घटनामा उनका पछाडि सवार २८ वर्षीया पत्नी पूजा श्रेष्ठ गम्भीर घाइते भएकी छन् । पूजा श्रेष्ठलाई भक्तपुरको इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ ।
यस जोडीको अस्ट्रेलियामा बसोबास गर्ने बताइएको छ । दुर्घटनाको कारण भने अहिलेसम्म पत्ता लागेको छैन, र प्रहरीले घटनाको अनुसन्धान जारी राखेको जनाएको छ ।




