पोखरा । पोखरा महानगरपालिकाको फाइल फर्छ्यौट शाखामा कार्यरत कपिल गिरी घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालयले उनलाई बिहीबार महानगरको गेटबाट २५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।
अख्तियारका उपसचिव राकेश पाण्डेका अनुसार गिरीलाई नगद २५ हजार रुपैयाँ लिँदै गर्दा पक्राउ गरिएको हो । उनी पोखरा महानगरपालिकामा अख्तियार सम्बन्धी उजुरीहरूको जवाफ दिने शाखामा कार्यरत थिए ।
आयोगले माग गरेको प्रष्टिकरण र प्रश्नहरूको उत्तर महानगरपालिकाको तर्फबाट पठाउने जिम्मेवारी उनमा थियो । घटना बारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालयले जनाएको छ ।






