मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशि हुनेहरूको लागि यो महिना उत्तम रहनेछ । पञ्चम भावमा सूर्य र केतुको युतिले निर्णाय लिने क्षमतामा बृध्दि हुनेछ । पढाइमा रुचि बढ्नेछ । प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ । चतुर्थ स्थानमा शुक्रको गोचरले कार्यक्षेत्रमा वा रचनात्मक कार्यहरूमा उत्तरदायित्व बढाउनेछ । यद्यपि महिनाको मध्यदेखि सूर्य र बुधको युतिले आँटेको कार्यमा सफलता मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यो महिना हजुरहरूको लागि सामान्य रहनेछ । शुक्रको तेस्रो भावमा गोचर गर्दा धर्म कर्मभन्दा घुमफिरमा अतिरिक्त धन खर्चका योग छन् । सामाजिक सञ्जालको क्षेत्र सक्रिय रहनेछ । सूर्यको चतुर्थ भावमा गोचरले गर्दा मनमा अशान्ति रहनेछ । महिनाको मध्यमा सूर्य बुधको युतिले गर्दा परिवारमा नेतृत्व क्षमतामा वृद्धि हुनेछ । प्रेम सम्बन्धमा घरपरिवारको साथ मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मिथुन राशि हुनेहरूको लागि समय उत्तम रहेको छ । तृतीय स्थानमा सूर्यको गोचरले धैर्य र पराक्रममा वृद्धि हुनेछ । आँटेको कार्यमा सफलता मिल्नेछ । उच्च शिक्षालाई लिएर नयाँ अवसरहरू फेला पर्नेछन् । मंगलको चतुर्थ स्थानको प्रभावले जग्गा जमिनबाट विशेष लाभ प्राप्त होला । नोकरी वा पेशामा वरिष्ठ व्यक्तिहरूको साथ र सहयोग मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशि हुनेहरूको लागि यो महिना मध्यम रहनेछ । दोस्रो भावमा सूर्य भएको कारणले गर्दा आर्थिक विषयमा विचारपूर्वक निर्णय लिनुहोस् । व्यापार व्यवसायमा नसोचेको ठाउमा लगानी लगाउनु पर्ला । महिनाको मध्यदेखि आर्थिक स्थितिमा सुधार आउनेछ । लग्नस्थ शुक्रले वैवाहिक सम्बन्धमा जीवनसाथीसँग समझदारी वा सामन्जस्य बढानेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो महिना हजुरको लागि उत्तम रहनेछ । लग्नमा सूर्यको गोचरले आत्मविश्वासमा वृद्धि हुनेछ । समाजमा मान सम्मानमा वृद्धि हुनेछ । व्यवहारमा अहंकारता झल्किन सक्छ सचेत रहनुहोस् । दाम्पत्य जीवनमा समझदारीको आवश्यकता रहेको छ । आपसी मनमुटाब रहन सक्छ । महिनाको मध्यदेखि विद्यार्थीहरूलाई पठनपाठनमा विशेष सफलता मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशि हुनेहरूको लागि महिना सामान्य रहनेछ । सूर्यको द्वादश भावमा गोचर हुनाले अनावश्यक खर्च वा मान सम्मानमा कमी आउनेछ । महिनाको मध्यमा बुधसँगको युतिले गर्दा वैदेशिक यात्रा र विलासिताको वस्तुमा धन बाहिरिने छ । लग्नमा मंगल भएको कारणले व्यापार व्यवसायमा नयाँ निर्णय लिनुभन्दा अघि सोच विचार गर्नुपर्ने हुन्छ । नयाँ लगानी लगाउँदा सावधानी अपनाउनुहोस् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशि हुनेहरूको लागि समय उत्तम रहनेछ । एकादश स्थानमा सूर्यको गोचरले आम्दानीका नयाँ अवसरहरू फेला पर्नेछन् । व्यापार व्यवसायमा नयाँ लगानी लगाउने अवसर रहेको छ । महिनाको मध्यदेखि एकादश स्थानमा बुध र सूर्यको युतिले विशेष गरी नोकरी वा पेशामा वेतन वृद्धि र कार्य क्षेत्रमा पदोन्नतिका योग छन् । द्वादश भावको मंगलले खर्चमा वृद्धि गराउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशि हुनेहरूको लागि यो महिना विशेष लाभदायी रहनेछ । दशम स्थानको सूर्यले सरकारी कामहरुमा सक्रियता बढाउनेछ । प्रभावशाली व्यक्तिहरूको साथ र सहयोग पाइनेछ । बोलिचालीमा कडापन आउनेछ, सावधान रहनुहोस् । विद्यार्थी वर्गहरूलाई पढाइमा जटिल प्रश्नको पढाइमा जटिल प्रश्नको पनि सजिलै उत्तर हात लाग्नेछ । वैदेशिक स्रोत वा कला साहित्यबाट राम्रो लाभार्जन गर्न सकिनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धनु राशि हुनेहरूको लागि समय राम्रो रहेको छ । सूर्यको नवम भावमा गोचरले सरकारी जागिर वा व्यवसाय आदिमा विशेष सफलता मिल्नेछ । इच्छा शक्ति वा आत्मबलमा वृद्धि हुनेछ । महिनाको मध्यदेखि बुद्धको दशम भावमा गोचरले पहिला बनाएका योजनाहरू प्रारम्भ गर्ने समय रहेको छ । विद्यार्थीहरूलाई करियरलाई लिएर भाग्यको साथ मिल्नेछ । पितासंग सम्बन्धमा आत्मीयता बढ्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ । सूर्यको अष्टम् भावमा गोचरले महिनाको प्रारम्भमा आर्थिक चुनौतीहरूले पछ्याउने छ । आकस्मिक धनहानिले आर्थिक पक्ष असामान्य रहला । नोकरी वा पेशामा मान सम्मानमा कमी आउन सक्छ सावधान रहनुहोस् । खर्च र बचतमा सन्तुलन राख्न सकिएला । पारिवारिक विषय वस्तुलाई लिएर मनमा आज्ञात भय रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कुम्भ राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ । सूर्यको सप्तम भावमा गोचरले आर्थिक पक्षमा सफलता प्राप्त हुनेछ । व्यापार व्यवसायमा नयाँ योजनाहरूबाट लाभ प्राप्त गर्न सकिएला । जीवनसाथी यदि राजनीतिक क्षेत्रमा वा सरकारी पद प्रतिष्ठामा हुनुहुन्छ भने पदोन्नतिको योग छ । वाणीमा प्रभाव बढ्ने वा व्यक्तित्वलाइ निखार्ने समय रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मीन राशि हुनेहरूको लागि महिना राम्रो रहेको छ । सूर्यको षष्ठ भावमा गोचरले शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ । वित्तीय र सहकारी संस्थाबाट लाभ प्राप्त गर्न सकिएला । मेहनतले लक्ष्यमा पुग्न सकिनेछ । कार्यहरू बन्ने वा नयाँ कार्य प्रारम्भ हुनेछन् । शुक्रको पञ्चम भावमा गोचरले शिक्षा र प्रेम सम्बन्धमा सफलता मिल्नेछ । पारिवारिक सम्बन्धमा सहजता हुनेछ ।




