मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशि हुनेहरूको लागि यो महिना सामान्य रहनेछ । सूर्यको षष्ट भावमा गोचरले प्रतिस्पर्धी प्रतियोगितामा विजयी भइनेछ । शत्रुहरू आफै किनारा लाग्नेछन् । अरुलाई दिएको ऋण फिर्ता लिने समय रहेको छ । स्वास्थ्यको दृष्टिकोणले यो महिना सामान्य रहेको छ । मानसिक तनाव अनिन्द्रा पेट सम्बन्धी समस्याले सताउनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
वृष राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ । सूर्यको पञ्चम भावमा गोचरले विद्यार्थीहरूको लागि समय अनुकूल रहनेछ । शिक्षाको क्षेत्रमा एकाग्रता बढ्नेछ । विद्यार्थीहरूको बौद्धिक र सामाजिक क्षेत्रमा उन्नति हुनेछ । प्रेम सम्बन्धमा असमझदारी बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मिथुन राशि हुनेहरूको लागि समय सामान्य रहेको छ । चतुर्थ भावमा सूर्यको गोचरले आत्मबलमा कमी आउनेछ । परिवारमा जिम्मेवारी बढ्नेछ । समस्या दर्शाउँदा इष्टमित्रहरूबाट सहयोग पाइएला । महिनाको मध्यदेखि बुधको युतिले नोकरी वा पेशामा प्रभाव बढ्नेछ । आँटेको कार्यमा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशि हुनेहरूको लागि समय राम्रो रहेको छ । तृतिय स्थानमा सूर्यको गोचरले धैर्य र पराक्रममा वृद्धि हुनेछ । आर्थिक स्थितिमा सुधार आउनेछ । मंगल चतुर्थ भावमा गोचर गर्नाले जग्गा जमिनको क्रय विक्रय सम्बन्धी समस्याहरु सुल्झिनेछन् । ठेक्कापट्टा व निर्माण सम्बन्धी कार्यबाट विशेष लाभ लिन सकिनेछ । जीवनसाथीको स्वास्थ्य लाई लिएर चिन्ता रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ । सूर्यको द्वितीय भावमा गोचर गर्नाले आर्थिक पक्षमा धेरै सावधानी अपनाउनुपर्ने रहेको छ । फजुल खर्चदेखि बच्नुहोस् । घर परिवारमा सानातिना कुराले मनमुटावको सम्भावना देखिएको छ, सावधान रहनुहोला । धैर्यताको कमी रहनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशि हुनेहरूको लागि दिन उत्तम रहेको छ । लग्नस्थ सूर्यले सेवामूलक वा सरकारी काममा विशेष सफलता दिलाउनेछ । आयक्षेत्रमा नँया अवसरहरू प्राप्त हुनेछन् । सूर्यको सप्तम भावमा दृष्टिले गर्दा पारिवारिक सम्बन्ध व दाम्पत्य जीवनमा असमझदारी बढ्नेछ । महिनाको मध्यदेखि सूर्य बुधको युतिले संवादमा प्रखरता आउनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशि हुनेहरूको लागि दिन सामान्य रहेको छ । सूर्यको द्वादश भावमा गोचरले खर्चमा वृद्धि लिएर आउनेछ । अनावश्यक तनावले मनमा चिन्ता रहनेछ । परिश्रम गरे पनि तत्काल लाभको लागि संघर्ष गर्नुपर्ने हुन्छ । महिनाको मध्यपछि बुधको युतिले वैदेशिक यात्रा वा विदेशतिरबाट केही सकारात्मक संकेत लिएर आउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशि हुनेरूको लागि समय उत्तम रहेको छ । सूर्यको एकादश भावमा गोचरले आम्दानीको राम्रो सम्भावना देखिएको छ । विशेष गरी माहको मध्यदेखि बुधको युतिले पुराना रोकिएका काममा सफलता मिल्नेछ । विद्यार्थीहरूको अध्ययनमा बौद्धिक क्षमतामा विकास हुनेछ । प्रतिस्पर्धामा विजयको संकेत छ । प्रेम सम्बन्धमा गलतफहमी दूर हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धनु राशि हुनेहरूको लागि समय उत्तम रहेको छ । दशम स्थानको सूर्यले कार्यक्षेत्रमा आत्मविश्वास बढाउनेछ । पिताको कार्य क्षेत्रमा प्रगति हुनेछ । सरकारी र प्रशासनिक काममा प्रभाव बढ्नेछ । व्यापार व्यवसायलाई लिएर नयाँ योजनाहरू प्रारम्भ गर्ने समय रहेको छ । मानसिक ऊर्जा र स्वास्थ्य राम्रो रहनेछ । भाग्यस्थानमा शुक्रको गोचरले आय आर्जन फराकिलो बन्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
मकर राशि हुनेहरूको लागि समय राम्रो रहेको छ । सूर्यको नवम स्थानमा गोचर हुँदा भाग्यको साथ मिल्नेछ । विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ । कार्य क्षेत्रमा अधिकारी वर्गहरूबाट सम्मान पाइनेछ । माहको मध्यदेखि बुधको युतिले व्यापार क्षेत्रमा मनज्ञ लाभ आर्जन गर्न सकिनेछ । चिकित्साको क्षेत्रमा राम्रो सफलता प्राप्त होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कुम्भ राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ । अष्टम भावमा सूर्यको प्रभावले मानसम्मानमा कमी आउनेछ । कार्य क्षेत्रमा ढिला सुस्ती रहनेछ । स्वास्थ्यलाई लिएर खर्चमा वृद्धि हुनेछ । नँया लगानी लगाउनु भन्दा अघि सोच विचार गर्नुहोला । महिनाको मध्यदेखि बुध र सूर्यको युतिले आर्थिक पक्ष सुध्रिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मीन राशि हुनेहरूको लागि समय उत्तम रहेको छ । सप्तम भावमा सूर्यको गोचरले वैवाहिक सम्बन्धमा सामन्जस्य बनाउन अलि गाह्रो रहनेछ । आत्मकेन्द्रित व्यवहारले वैवाहिक जीवनमा दूरी बढाउनेछ । व्यापार व्यवसायमा राम्रो सफलता हात पार्न सकिनेछ । महिनाको मध्यदेखि बुधको युतिले विचारको आदान प्रदानमा स्पष्टता झल्किनेछ र सम्बन्ध सुमधुर रहनेछ ।




