मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा सन्तान पक्षलाई लिएर चिन्ता रहनेछ । शिक्षाको क्षेत्रमा सफलता मिल्ला । साताको मध्यमा नयाँ नोकरीमा सफलता मिल्नेछ । सवारी साधन चलाउँदा सजगता अपनाउनुहोस् । साताको अन्त्यमा व्यापार व्यवसायमा लाभ रहनेछ । प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा आफन्तहरूको मध्य सामञ्जस्य बनाउन नसकिएला । अड्किएको कार्यमा मित्रहरूको सहयोग मिल्नेछ । साताको मध्यमा प्रेम सम्बन्ध सुमधुर रहनेछ । विद्यार्थीहरूलाई पठन पाठनमा मन लाग्नेछ । साताको अन्तिममा वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला । कार्य क्षेत्रमा शत्रुहरू सक्रिय रहनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सताको प्रारम्भमा धैर्य र पराक्रममा वृद्धि हुनेछ । आँटेको काममा सफलता मिल्नेछ । साताको मध्यमा राजनीतिक प्रभाव बढ्नेछ । स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको अन्तिममा व्यावहारिक पक्ष मजबुत रहनुका साथै नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट सम्मान पाइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा आफन्तहरूको साथ र सहयोग सोचेजस्तो नमिल्ला । चल र अचल दुवै सम्पत्तिमा वृद्धि हुनेछ । साताको मध्यमा कार्यक्षेत्रमा प्रभाव बढ्नुका साथै नयाँ जिम्मेवारी मिल्नेछ । शुभचिन्तकहरूको कुरालाई वेवास्था नगर्नुहोस् । साताको अन्तिममा प्रतिद्वन्दीहरू आफै परास्त हुनेछन् । लगनशीलताले कार्यक्षेत्रमा दिगो फाइदा हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा आत्मविश्वासमा वृद्धि हुनेछ । आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ । साताको मध्यमा श्रमको उचित मूल्यांकन नमिल्ला । पारिवारिक सद्भावमा मनमुटाव आउनेछ । साताको अन्तिममा राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ । भावनामा आएर निर्णय नलिनुहोला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा नोकरी वा पेशामा नियमित कार्यमा बाधा आउन सक्छ । कार्य समयमा सम्पादन न हुनाले मनमा अज्ञात भय रहनेछ । साताको मध्यमा विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा मन लाग्नेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । रोकिएका कार्य बन्नेछन् । साताको अन्तिममा व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त गर्न सकिनेछ । सरकारी नोकरीमा आफ्नो पदको दुरुपयोग नगर्नुहोला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ । शेयर मार्केटबाट लाभ मिल्ला । साताको मध्यमा वैदेशिक रोजगारको लागि नयाँ अवसरहरू प्राप्त हुनेछन् । सवारी साधनमा धन खर्चका योग छन् । साताको अन्तिममा मेहनतले सम्मानित स्थान दिलाउनेछ । बुद्धिको प्रयोगले अरुलाई आफ्नो पक्षमा पार्न सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा चर्चित कार्य सम्पादन हुनेछन्, साथै नयाँ कार्य तर्फ अग्रसर भइनेछ । समय अनुसार चल्ने प्रयास गर्नुहोस् । साताको मध्यमा व्यापार व्यवसायमा भविष्य लाई लिएर योजनाहरू बन्नेछन् । भौतिक सुख सुविधाका वस्तुहरू जुटाउन सकिनेछ । साताको अन्तिममा विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि विदेशतिर जाने मार्ग प्रशस्त हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा घरको साज सजावटमा धन खर्च हुनेछ । आर्थिक पक्ष सामान्य रहनेछ । साताको मध्यमा अरुको लागि श्रम वा धन खर्च गर्नुपर्ने रहेको छ । आफन्तहरूसँग रमाइलो समय बित्नेछ । विगतका कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ । साताको अन्तिममा विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा नयाँ कुरा सिक्ने अवसर मिल्नेछ । स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान दिनुहोस् ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा कला वा साहित्यको क्षेत्रमा सफलता मिल्नेछ । सुन्दर पहिरनले व्यक्तित्व निखारिनेछ । साताको मध्यमा मेहनत गर्दा रोकिएका कार्यसम्पादन हुनेछन् । आँटेका कार्य पूर्ण गर्नमा सफल भइनेछ । साताको अन्तिममा व्यापार व्यवसायमा मित्रहरूको सहयोग मिल्नेछ । मौसमी बिमारीदेखि बच्नुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा मान प्रतिष्ठामा कमी आउनेछ । सामाजिक परिपेक्षमा नयाँ दायित्व मिल्नेछ । साताको मध्यमा प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । कार्य क्षेत्रमा बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । साताको अन्तिममा रमाइलो जमघटको बीचमा स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । व्यापार व्यवसायमा लाभ रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ मिल्नेछ । व्यवसायमा जीवनसाथीको साथ मिल्ला । साताको मध्यमा स्वास्थ्यलाई लिएर सचेत रहनुहोस् । पौष्टिक भोजनको सेवन गर्नुहोस । साताको अन्तिममा नोकरी वा पेशामा पदोन्नतिका योग छन् । व्यापार व्यवसायमा थप लगानी लगाउने समय रहेको छ ।




