मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा सञ्चित धनमा वृद्धि हुनेछ । आफन्तहरूसंग रमाइलो समय व्यतीत हुनेछ । साताको मध्यमा धैर्य र पराक्रममा वृद्धि हुनेछ । आफूभन्दा सानाको साथ र सहयोग मिल्नेछ । साताको मध्यमा मित्रहरूको सहयोगले रोकिएका कार्य सम्पादन हुनेछन् । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा मान सम्मानमा वृद्धि हुनेछ । आँटेको कार्यमा सफलता मिल्नेछ । साताको मध्यमा पारिवारिक सद्भावमा वृद्धि हुनेछ । संगीत र कलाको क्षेत्रमा सफलता मिल्नेछ । साताको अन्तिममा माननीयजनहरूबाट सहायता पाइनेछ । कार्य क्षेत्रमा योग्यताको उचित मूल्यांकन हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ । पारिवारिक कारणले मन चिन्तित रहनेछ । साताको मध्यमा चिताएका काम पूरा हुनेछन् । व्यापार व्यवसायमा लाभ रहनेछ । साताको अन्तिममा प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ । बौद्धिक क्षमताको विकास हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा दाजुभाइमा आत्मीयता बढ्नेछ । सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ । साताको मध्यमा स्वास्थ्यलाई लिएर सावधान रहनुहोला । अवसरवादीहरूले खुट्टा तान्नेछन् । साताको अन्तिममा शाहसिक कार्य गर्ने समय रहेको छ । पहिलाका कामबाट प्रशंसा पाइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा नोकरी पेशामा प्रभाव बढ्नेछ । व्यापार विस्तारलाई लिएर योजनाहरू बन्नेछन् । साताको मध्यमा शेयरबाजारबाट लाभ आर्जन गर्न सकिएला । लगनशीलताले शत्रुहरू आफैं पछाडि हट्नेछन् । साताको अन्तिममा सवारी साधन चलाउँदा सावधान रहनुहोला । नयाँ लगानी लगाउन उपयुक्त समयको प्रतिक्षा गर्नुहोस् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा भाग्यको साथ मिल्नेछ । धर्म कर्ममा रुचि बढ्नेछ । साताको मध्यमा व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ । नोकरी वा पेशामा पदोन्नतिका योग छन् । साताको अन्तिममा रोकिएका काम पुन: प्रारम्भ हुनेछन् । विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा हजुरको बोलीको विपरीत अर्थ लाग्नेछ । नमागी कसैलाई सल्लाह नदिनुहोला । साताको मध्यमा घरमा मांगलिक कार्यको चर्चा हुनेछ । विद्यार्थीहरूलाई उच्च शिक्षालाई लिएर नयाँ अवसर मिल्नेछ । साताको अन्तिममा पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । कार्य क्षेत्रमा अधिकारी वर्गहरूबाट सहयोग पाइएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा चुनौतीपूर्ण कार्य गर्ने समय रहेको छ, दाम्पत्य जीवन सुमधुर रहनेछ । साताको मध्यमा स्वास्थ्यलाई लिएर खानपानमा सजगता अपनाउनुहोस् । विवादास्पद विषयहरूबाट टाढा रहने प्रयास गर्नुहोला । साताको अन्तिममा आर्थिक पक्ष सबल रहनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा सवारी साधन चलाउँदा सावधान रहनुहोला । प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । साताको मध्यमा व्यापार व्यवसायमा जीवनसाथीबाट सहयोग मिल्नेछ । पुराना कमी कमजोरीलाई सुधार्ने अवसर रहेको छ । साताको अन्तिममा नयाँ अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । मनमा अज्ञात भय रहनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पायक स्थानमा भ्रमणका योग छन् । साताको मध्यमा वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ । शत्रुहरू सक्रिय रहनेछन् । साताको अन्तिममा कार्य क्षेत्रमा आफ्नो प्रतिभालाई प्रदर्शन गर्ने अवसर मिल्नेछ । जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा पारिवारिक समस्याले गर्दा चिन्ता बढ्नेछ । आर्थिक पक्ष सामान्य रहनेछ । साताको मध्यमा प्रेम सम्बन्ध सुमधुर रहनेछ । नयाँ कार्यको थालनी हुनेछ । साताको अन्तिममा अरुका लागि श्रम वा बुद्धि खर्च गर्नुपर्ला । शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा आँटेको कार्य सम्पादन गर्न सकिनेछ । सामाजिक कार्यमा मन जानेछ । साताको मध्यमा प्रेम र मित्रताको बन्धन कसिनेछ । राजनीतिक क्षेत्रमा जनसमर्थन पाइनेछ । साताको अन्तिममा रचनात्मक कार्यमा मन जानेछ । अतिथिको आगमन हुनाले मन प्रसन्न रहनेछ ।




