मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । साताको मध्यमा दाम्पत्य जीवन सुमधुर रहनेछ । व्यापार व्यवसायमा लाभ रहनेछ । साताको अन्तिममा स्वास्थ्यलाई लिएर खानपानमा सावधानी अपनाउनुहोस् । अरुलाई सल्लाह दिनबाट बच्नुहोस ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । विद्यार्थीहरूलाई पठन पाठनमा मन लाग्नेछ । साताको मध्यमा वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ । महत्वपूर्ण योजनाहरू गुप्त राख्ने प्रयास गर्नुहोला । साताको अन्तिममा कार्य क्षेत्रमा सहयोगीहरूको साथ पाइनेछ । विपरीत परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा पारिवारिक समस्याले मन चिन्तित रहनेछ । जग्गा जमिनबाट लाभ आर्जन गर्न सकिएला । साताको मध्यमा प्रेम सम्बन्ध सुमधुर रहनेछ । शिक्षाको क्षेत्रमा गुरुजनहरूबाट सहयोग पाइनेछ । साताको अन्तिममा समयको सदुपयोग गर्न नसकिएला । सवारी साधन चलाउँदा सावधान रहनुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा धैर्य र पराक्रमले आँटेका कार्य सम्पादन हुनेछन् । कार्य क्षेत्रमा नयाँ काम हात पर्नेछ । साताको मध्यमा माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । व्यवहारिक कारणले गर्दा सोचेको कार्यमा समय लाग्नेछ । साताको अन्तिममा पहिलाका गरेको अनुबन्धबाट लाभ मिल्नेछ । नोकरी वा पेशामा अधिकारी वर्गहरुबाट सहयोग पाइएला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा आफन्तहरूको मध्य स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । आर्थिक पक्ष सफल रहनेछ । साताको मध्यमा भाइबहिनीहरूमा आत्मीयता बढ्नेछ । साहसिक कार्य गर्ने समय रहेको छ । साताको अन्तिममा गरेको कामको उचित प्रतिफल हात नलाग्ला । काम दोहोराएर गर्दा लाभ मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा मान सम्मानमा वृद्धि हुनेछ । कार्य क्षेत्रमा नयाँ अवसर मिलेता पनि तत्काल लाभ उठाउन नसकिएला । साताको मध्यमा सञ्चित धनमा वृद्धि हुनेछ । काममा सफलता प्राप्त हुनाले अरु काम प्रति थप उत्साह जाग्नेछ । साताको अन्तिममा योजना अनुरूप कार्य गर्नुहोस्, सफलता मिल्नेछ । रोकिएका काम पुन: प्रारम्भ हुनेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ । स्वास्थ्यलाई लिएर सावधान रहनुहोला । साताको मध्यमा प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ । चिताएका काम पूरा हुनेछन् । साताको अन्तिममा महत्वाकांक्षाले समस्या निम्ताउला । पहिलाका कमी कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ । कार्य क्षेत्रमा नयाँ योजनाहरू प्रारम्भ हुनेछन् । साताको मध्यमा सामाजिक दायित्वको निर्वहनमा बाधा आउनेछ । नोकरी वा पेशामा शत्रुहरूले खुट्टा तान्ने छन् । साताको अन्तिममा गृहणीहरूको गृहकार्यको साथमा धर्म कर्ममा मन लाग्नेछ । घरमा मांगलिक कार्य सम्पादन हुनाले मन प्रसन्न रहनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा विवादास्पद कार्य सम्पादन गर्नमा सफलता मिल्नेछ । पारिवारिक उल्झनमा समय बित्नेछ । साताको मध्यमा आर्थिक लाभको स्थिति बनिरहेको छ । नयाँ कार्यको थालनीको लागि उपयुक्त समय रहेको छ । साताको अन्तिममा कार्य क्षेत्रमा मान सम्मानमा कमी आउनेछ । न्यायिक वा कानुनी मामलाहरूमा सजगता अपनाउनुहोस् ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा आध्यात्मिक ज्ञान तर्फ झुकाव रहनेछ । विद्यार्थीहरूलाई पठन पाठनमा शिक्षकको साथ र सहयोग मिल्नेछ । साताको मध्यमा व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ । कार्य क्षेत्रमा पदोन्नतिको लागि नयाँ अवसर प्राप्त हुनेछ । शत्रुहरूलाई पनि आफ्नो लगनशीलताले झुकाउन सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । कार्य क्षेत्रमा बोलिको विपरीत अर्थ लाग्नेछ । राजनीतिक क्षेत्रमा जनसमुदायमा कमी आउनेछ । साताको मध्यमा धार्मिक कार्यमा समय बित्नेछ । आफन्तहरूको राम्रो साथ र सहयोग मिल्नेछ । साताको अन्तिममा कानुनी समस्याहरूमा सफलता प्राप्त गरिनेछ । साहसिक निर्णयहरूमा सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा आर्थिक लाभ रहनेछ । शेयर बजार वा ठेक्कापट्टा सम्बन्धी कामबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ । स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । आलस्यले गर्दा नयाँ अवसरहरू गुम्नेछ, सावधान रहनुहोला । साताको अन्तिममा कला वा साहित्यको क्षेत्रमा सफलता मिल्नेछ । राजकीय मामलाहरू सुल्झीनेछ ।




