मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशि हुनेहरूको लागि यो महिना उत्तम रहनेछ । सूर्यको सप्तम भावमा गोचर गर्नाले साझेदारी व्यापार वा दूर सञ्चार क्षेत्रबाट नयाँ अवसर मिल्नेछ । महिनाको मध्यदेखि सूर्य र शुक्रको योगले दाम्पत्य जीवनमा साज सजावटको सामानमा धन खर्च हुनेछ । मंगल र बुधको अष्टम भावमा योगले गर्दा आर्थिक निर्णयहरूमा सावधानी अपनाउनुहोला ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ । सूर्यको छठौ भावमा गोचरले ऋण वा कानुनी मुद्दा मामलाहरूमा सफलता मिल्नेछ । माहको मध्यदेखि सूर्य वा शुक्रको योगले अनावश्यक खर्चमा वृद्धि हुनेछ । कार्य क्षेत्रमा शत्रुहरू आफै किनारा लाग्नेछन् । विदेशतिरबाट लाभ मिल्ला । दाम्पत्य जीवन तनावपूर्ण रहनेछ । हतारमा कुनै निर्णय नलिनुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मिथुन राशि हुनेहरूको लागि समय राम्रो रहेको छ । पञ्चम भावमा सूर्यको योगले गर्दा सन्तान को प्रगति र शिक्षालाई लिएर चिन्ता रहनेछ । प्रेम सम्बन्धमा विवादको स्थिति उत्पन्न होला । माहको मध्यदेखि सूर्य र शुक्रको योगले सुख समृद्धि र पारिवारिक वातावरण सकारात्मक रहनेछ । विद्यार्थीहरूलाई रचनात्मक र कलात्मक क्षेत्रमा विशेष सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ । चतुर्थ भावमा सूर्यको गोचरले घर परिवार र आफन्तहरूसंग मतभेद हुन सक्छ । मन अशान्त वा कुनै कुराले चिन्तित रहनेछ । नोकरी वा पेशामा अपयस खेप्नु पर्ला । माहको मध्यदेखि शुक्रको र सूर्यको युतिले कार्यक्षेत्र वा व्यापार व्यवसायमा राम्रो फड्को हात पार्न सकिनेछ । आयमा वृद्धि हुनुका साथै खर्च पनि बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशि हुनेहरूको लागि समय उत्तम रहेको छ । तृतीय भावमा सूर्यको गोचरले धेर्य र पराक्रममा वृद्धि हुनेछ । आर्थिक योजनाहरूमा विवेकको साथ निर्णय लिनुहोस्, सफलता अवश्य हात लाग्नेछ । लगनशीलताले शत्रुहरू आफै पछाडि हट्नेछन् । आफूभन्दा साना भाइबहिनीहरूसँग मनमुटावलाई सुल्झाउने समय रहेको छ । माहको मध्यमा विलासिता वा सौन्दर्यगत वस्तुहरूमा धन खर्च हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशि हुनेहरूको लागि समय राम्रो रहेको छ । द्वितीय भावमा सूर्यको गोचरले धन सञ्चयमा वृद्धि हुने र आयस्रोतका नयाँ बाटाहरू खुल्नेछन् । उद्योग व्यापारमा आफ्ना निर्णयहरूले अरुलाई अचम्भित पार्न सक्नुहुनेछ । जोखिमपूर्ण निर्णय लिनुभन्दा अघि त्यस बारेमा जाँच अवश्य गर्नुहोला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशि हुनेहरूको लागि यो समय उत्तम रहेको छ । मान सम्मानमा वृद्धि हुनेछ । वैवाहिक जीवनमा जीवनसाथीसँग उतारचढाव आउन सक्छ । व्यक्तिगत खर्चमा वृद्धि हुनेछ । वाहन लाभका संकेत देखिएका छन् । बोलीमा शब्द चयनको ध्यान राख्नुहोला । स्वास्थ्यको दृष्टिकोणले यो महिना उत्तम रहनेछ । पुरानो रोग वा बिमारीबाट मुक्ति मिल्नेछ । अध्ययन अध्यापनको लागि समय राम्रो रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशि हुनेहरूको लागि यो महिना सामान्य रहनेछ । सूर्यको द्वादश भावमा गोचरले आत्मबलमा कमी आउनेछ । दैनिक खर्च बढ्नेछ । वैदेशिक भ्रमणको लागि समय अनुकूल रहेको छ । ऋण वा कानुनी मुद्दा मामलाहरूमा समस्या आउला । माहको मध्यदेखि सूर्य वा शुक्रको युतीले अनावश्यक खर्चमा वृद्धि हुनेछ । विलासिताका सामानहरू जुटाउन सकिनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धनु राशि हुनेहरूको लागि यो महिना उत्तम रहनेछ । सूर्यको एकादश भावमा गोचरले आर्थिक दृष्टिले यो महिना सुदृढ रहनेछ । मित्रवर्ग वा सामाजिक सञ्जालमा वा समाजमा मान प्रतिष्ठा बढ्नेछ । आफूभन्दा ठूला दाजुभाइसँग आत्मीयता बढ्नेछ । महिनाको मध्यदेखि सूर्य र शुक्रको योगले आर्थिक पक्षलाई बलियो बनाएतापनि अनावश्यक धन खर्च हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
मकर राशि हुनेहरूको लागि समय राम्रो रहेको छ । दशम भावमा सूर्यको योगले घरपरिवार वा आफूभन्दा ठूला दाजुभाइसँग आत्मीयता बढ्नेछ । कार्य क्षेत्रमा प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्ला । नोकरी वा पेशामा पदोन्नतिका योग छन् । सम्पत्ति वा घरेलु खर्चमा वृद्धि हुनेछ । माहको मध्यदेखि सूर्य र शुक्रको योगले प्रेममा चलिरहेको तनावबाट मुक्ति मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कुम्भ राशि हुनेहरूको समय राम्रो रहेको छ । नवम भावमा सूर्यको योगले आँटेको कार्यमा सफलता मिल्नेछ । धर्म कर्म प्रति मन जानेछ । आफूभन्दा साना भाइबहिनीहरूसँग असमझदारी बढ्नेछ । नेतृत्व गर्ने क्षमतामा विकास हुनेछ । कार्य क्षेत्रमा व्यस्तताले परिवारलाई समय दिन नसकिएला । पारिवारिक सम्बन्धमा गोपनियता राख्ने प्रयास गर्नुहोस् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मीन राशि हुनेहरूको लागि यो महिना सामान्य रहनेछ । अष्टम स्थानमा सूर्यको गोचरले गर्दा आर्थिक पक्षमा सतर्कता अपनाउनुपर्ने हुन्छ । नोकरी वा पेशामा र व्यापार व्यवसायमा ऋण वा गोपनियता बाहिरिनाले समाजमा अपयस खेप्नु पर्ला । माहको मध्यदेखि अष्टम भावमा सूर्य र शुक्रको युतिले अनावश्यक खर्च बढ्नेछ । घर परिवारमा सम्पत्ति वा सम्बन्धलाई लिएर तनाव रहनेछ ।




