मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साझेदारी व्यापारमा हानि हुन सक्छ । साताको मध्यमा मान प्रतिष्ठामा वृद्धि हुनेछ । तारिफ योग्य कार्यको चर्चा हुनेछ । साताको अन्तिममा मेहनतीहरुको लागि समय अनुकूल रहनेछ । युवाहरूलाई उच्च शिक्षालाई लिएर नयाँ अवसर मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा रोकिएका कार्य पुन: प्रारम्भ हुनेछन् । मेहनतले नाम र ईनाम दुवै दिलाउनेछ । साताको मध्यमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ । खर्च बढ्नाले आर्थिक स्थिति कमजोर रहनेछ । साताको अन्तिममा नयाँ कार्यको जग बसाउने अवसर मिल्नेछ । विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा साथीभाइहरूको सहयोग मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा नोकरी वा पेशामा अधिकारी वर्गहरुबाट सहयोग पाइएला । व्यापार व्यवसायमा आफन्तहरूको साथ र सहयोग मिल्नेछ । साताको मध्यमा शेयर बजारबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ । साताको अन्तिममा स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ । अरुका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा भाग्यको साथ मिल्नेछ । धर्म कर्ममा रुचि बढ्नेछ । साताको मध्यमा उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सक्नुहुनेछ । लगनशीलताले विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ । साताको अन्तिममा योजना बनाएर कार्य गर्नुहोस् सफलता मिल्नेछ । दाजुभाईमा आत्मीयता बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा विवादास्पद मामलाहरूबाट दूरी बनाएर राख्नुहोस् । अरुलाई सल्लाह दिनबाट बच्नुहोला । साताको मध्यमा युवाहरूलाई शिक्षाको क्षेत्रमा नयाँ अवसर मिल्नेछ । कार्य क्षेत्रमा तत्काल फाइदा हेरेर निर्णय नलिनुहोला, दीर्घकालीन सोच राख्नुपर्ने हुन्छ । साताको अन्तिममा प्रेम सम्बन्धलाई विवाहको लागि कुरा राख्न सक्नुहुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ मिल्नेछ । बुद्धिको उपयोगले अधिकार वा प्रतिष्ठा जोगाउन सफल भइनेछ । साताको मध्यमा उपलब्धिहीन कार्यमा समय व्यतीत हुनेछ । स्वास्थ्यलाई लिएर सावधान रहनुहोला । साताको अन्तिममा अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । माननीय जनहरूको सहयोग पाइनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ । स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला । साताको मध्यमा दाम्पत्य जीवन सुमधुर रहनेछ । कार्य क्षेत्रमा नयाँ कार्य हात लाग्नेछ । साताको अन्त्यमा कार्य दोहोराएर गर्दा लाभ हुनेछ । अवसरवादीहरूबाट सावधान रहनुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा असंयम व्यवहारले समस्या निम्ताउन सक्ला । विद्यार्थी वर्गहरू पठनपाठनमा आलस्य गर्नबाट बच्नुहोला । साताको मध्यमा कृषि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिनेछ । प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । साताको अन्तिममा विशिष्ट व्यक्तिहरूसँग भेटघाटले रोकिएका कार्य पुन: प्रारम्भ हुनेछन् । स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । कार्य क्षेत्रमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला । साताको मध्यमा गृहणीहरूले गृहकार्यमा कार्य गर्दा हातहतियारको उपयोग सावधानीपूर्वक गर्नुहोस् । अप्रिय समाचारले मन अप्रशन्न रहनेछ । साताको अन्तिममा आफ्नो प्रतिभाले अरुलाई आकर्षित गर्न सकिनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा कार्य क्षेत्रमा भाइबहिनीहरूको राम्रो साथ पाइनेछ । नयाँ कार्य प्रारम्भ गर्नको लागि समय अनुकूल रहेको छ । साताको मध्यमा सम्बन्धमा आत्मीयताको कमी आउनेछ । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको अन्त्यमा पहिलाका कमी कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ । परीक्षामा प्रतिद्वन्दीहरू बढ्नेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा बोलिको माध्यमले कार्य सिद्ध गर्न सकिनेछ । पारिवारिक सद्भावमा कमी आउनेछ । साताको मध्यमा रोकिएका कार्य पुन: प्रारम्भ हुनेछन् । नोकरी वा पेशामा सहयोगीहरूको सहयोग मिल्नेछ । साताको अन्तिममा राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ । आफ्नो कुराहरू प्रभावशाली ढंगले राख्न सक्नुहुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा कार्य क्षेत्रमा आत्मविश्वास बढ्नेछ । गरिएको कामको उचित मूल्यांकन पाइनेछ । साताको मध्यमा जग्गा जमीन सम्बन्धी काम पुरा हुनेछ । आफन्तहरू मध्य रमाइलो भोजनको आनन्द मिल्ला । साताको अन्तिममा छरछिमेकसँग मनमुटाव सुल्झिनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ ।




