मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ । सूर्य र मंगलको अष्टम भावमा गोचरले गर्दा करियर र व्यापार व्यवसायमा मेहनत धेरै लाग्नेछ । नयाँ अवसरहरू हात लागेपनि लाभ लिन नसकिएला । परामर्श र अनुसन्धानको काम प्रभावी देखिएको छ । दाम्पत्य जीवन सुमधुर रहनेछ । जीवन साथीको कार्य क्षेत्रमा प्रगति हुनेछ । वैवाहिक जीवनको लागि यो महिना चुनौतीपूर्ण रहनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ । सूर्य र मंगलको सप्तम भावमा गोचरले साझेदारी व्यापारमा राम्रो आयआर्जन गर्न सकिनेछ । अनावश्यक खर्च वा ऋणको जोखिम बढ्नेछ, सावधान रहनुहोला । प्रेम र रोमान्समा आकर्षण बढ्नेछ । करियर र नोकरी वा पेशाको लागि यो महिना राम्रो रहेको छ । सेवामूलक कार्यबाट विशेष लाभ आर्जन गर्न सक्नुहुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ । भाषण र अभिव्यक्तिको कलामा निखार आउनेछ । संघर्षबाट राम्रो सफलता आर्जन गर्न सकिनेछ । प्रेम सम्बन्धलाई लिएर यो महिना सामान्य रहेको छ । जीवन साथीसँग मतभेदको सम्भावना देखिएको छ । स्वास्थ्यलाई लिएर सतर्कता अपनाउनुहोला । स्वास्थ्यको दृष्टिकोणले यो महिना राम्रो रहेको छ । प्रतिस्पर्धामा विजयी भइनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशि हुनेहरूको लागि यो महिना उत्तम रहेको छ । मिडियाको क्षेत्रमा विशेष सफलता मिल्नेछ । पारिवारिक सम्बन्धमा सन्तानलाई लिएर त्यति राम्रो समय नरहला । सन्तानसँग वैचारिक मतभेदको सम्भावना देखिएको छ । नकारात्मक विचारले मन अशान्त रहनेछ । स्वास्थ्यको दृष्टिकोणले यो महिना राम्रो रहनेछ । मानसिक तनावबाट मुक्ति मिल्नेछ । यो महिना हजुरलाई अवसर र चुनौती दुबै लिएर आउनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशि हुनेहरूको लागि समय सामान्य रहेको छ । चतुर्थ स्थानमा सूर्य र मंगलको गोचरले गर्दा कार्य क्षेत्रमा सकारात्मक प्रभाव पर्नेछ । नोकरी वा पेशामा अधिकारी वर्गहरूको साथ र सहयोग पाइनेछ । जग्गा जमिन वा पैतृक सम्पत्तिबाट विशेष लाभ आर्जन गर्न सकिनेछ । साथै व्यापारबाट पनि राम्रो लाभ कमाउन सकिनेछ । व्यापार व्यवसायमा नयाँ जिम्मेवारी मिल्नेछ । राजनीतिक क्षेत्रमा जनसमर्थन बलियो हुनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशि हुनेहरूको लागि यो महिना उत्तम रहेको छ । यात्रामा र उच्च शिक्षामा राम्रो सफलता मिल्नेछ । घर परिवारमा आफूभन्दा सानाको साथ र सहयोग पाइनेछ । प्रेम सम्बन्ध वा वैवाहिक जीवनमा एक अर्काप्रति विश्वास बढ्ला । यो महिना हजुरको लागि अनुकूल रहनेछ । महत्वकांक्षी योजनाहरू पूरा गर्न सकिनेछ । स्वास्थ्यको दृष्टिकोणले यो महिना राम्रो देखिएको छ । स्वास्थ्य सबल रहनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ । धन सञ्चयमा अवरोध वा आकस्मिक धन खर्चका योग छन् । भाषण र अभिव्यक्तिको कलामा निखार ल्याउने समय रहेको छ । वैवाहिक सम्बन्धमा तनाव र अविश्वासको भावना जागृत हुनेछ ।पढाइमा मन लाग्ने र परीक्षामा राम्रो सफलता मिल्नेछ । मित्रहरूसँग विवाद वा जोखिमको सम्भावना देखिएको छ । स्वास्थ्यको दृष्टिकोणले समय सामान्य रहेको छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशि हुनेहरूको लागि समय उत्तम रहेको छ । नयाँ योजनाहरू प्रारम्भ गर्न सकिनेछ । उच्च पदस्थ व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ । व्यक्तित्वमा आकर्षण र आत्मविश्वास झल्किनेछ । पारिवारिक सम्बन्धमा दाम्पत्य जीवन सुमधुर रहनेछ । परिवारबाट टाढा हुनुपर्ने स्थिति निर्माण हुन सक्छ । नोकरी वा पेशामा पद प्रतिष्ठामा वृद्धि हुनेछ । कार्य क्षेत्रमा पदोन्नतिका योग छन् । नयाँ अवसरले लाभ मिल्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धनु राशि हुनेहरूको लागि समय सामान्य रहेको छ । वैदेशिक रोजगारमा सफलता मिल्नेछ । अनावश्यक खर्च बढ्नाले परिवारसँग मतभेदका योग छन् । विदेशतिर ताक्नेहरूको लागि समय उपयुक्त रहेको प्रेम सम्बन्धको लागि समय अनुकूल नहोला । पारिवारिक सम्बन्ध सामाजिक सञ्जाल मार्फत नजिक हुनेछ । धैर्य वा समझदारीले निर्णय लिने समय रहेको छ । आर्थिक दृष्टिकोणले समय मध्यम रहेको छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशि हुनेहरूको लागि समय उत्तम रहेको छ । सामाजिक कार्यले मान प्रतिष्ठा बढाउनेछ । घर परिवारमा मांगलिक कार्यको शुभारम्भ हुनेछ । सन्तानसँग तनाव र विवादको स्थिति उत्पन्न होला । प्रेम सम्बन्धलाई विवाहमा टुंग्याउन परिवारजनसँग कुरा राख्नुहोस्, समय उपयुक्त रहेको छ । पढाईको दृष्टिकोणले समय उत्तम रहेको छ । विद्यार्थीहरूलाई बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कुम्भ राशि हुनेहरूको लागि समय राम्रो रहेको छ । उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ । दाम्पत्य जीवनमा जीवन साथीको सहयोग मिल्नेछ । कार्य क्षेत्रमा व्यस्तताले परिवारलाई समय निकाल्न नसकिएला । पढाइ र प्रेम सम्बन्धलाई लिएर पनि समय अनुकूल रहेको छ । नयाँ कुरा सिख्ने वा नयाँ स्थानमा भ्रमणका योग छन् । चुनौतीपूर्ण र विवादित समस्याहरूलाई सजिलै सम्पादन गर्न सकिनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मीन राशि हुनेहरूको लागि समय अनुकूल रहेको छ । वैदेशिक शिक्षामा पनि सफलता मिल्नेछ । सामाजिक वा सांस्कृतिक कार्यक्रमहरूमा सहभागी भइएला । धर्म कर्ममा मन जानेछ । कार्य क्षेत्रमा हजुरको निर्णय गर्ने क्षमताको प्रशंसा हुनेछ । आयआर्जनका नयाँ बाटोहरू खुल्नेछन् । प्रेम सम्बन्ध सुमधुर रहनेछ । आफूभन्दा साना प्रति आत्मीयता बढ्नेछ । युवाहरूलाई करियरलाई लिएर नयाँ अवसर मिल्नेछ ।




