मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा विश्वास पात्रहरूबाट सहयोग पाइनेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ । साताको मध्यमा इच्छाशक्ति बढ्नुका साथै कीर्तिमान कार्य गर्ने समय रहेको छ । स्वास्थ्यमा ध्यान दिनुहोला । साताको अन्तिममा प्रेम र मित्रताको बन्धन कसिनेछ । विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा आफन्तहरू मध्य रमाइलो समय व्यतीत हुनेछ । साहित्य र कलाको क्षेत्रमा विशेष सफलता हात लाग्नेछ । साताको मध्यमा कार्य क्षेत्रमा सहयोग दिनेवाला प्रशस्त भेटिनेछन् । व्यापार व्यवसायमा लाभ रहनेछ । साताको अन्तिममा आफन्तहरूको साथ मिल्नाले नँया कार्य प्रति उत्साह जाग्नेछ । खर्चिलो समय रहनाले धन जोगाउने प्रयास गर्नुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा सामाजिक कार्यले धेरैको मन लोभ्याउन सकिनेछ । व्यापार व्यवसायमा अड्केको रकम उठाउने प्रयास गर्नुहोस्, सफलता मिल्नेछ । साताको मध्यमा सञ्चित धनमा वृद्धि हुनेछ । भाषण वा अभिव्यक्ति कलामा निखार आउनेछ । साताको अन्तिममा आफूभन्दा सानाप्रति आत्मीय भाव जाग्नेछ । परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सकिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा नोकरी वा पेशामा झुटो आरोप वहन गर्नुपर्ला । अध्यात्मतर्फ झुकाव बढ्नेछ । साताको मध्यमा सेवामुलक कामबाट लाभ मिल्नेछ । आफन्तहरू मध्य चलिरहेको वादविवाद सुल्झिनेछ । साताको अन्त्यमा बोलिको माध्यमले कार्य सिद्ध गर्न सकिनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा व्यापार व्यवसायमा छोटो समयमा राम्रो लाभ उठाउन सकिनेछ । प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ । साताको मध्यमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ । कार्य क्षेत्रमा कार्य दोहोराएर गर्नुपर्ला । साताको अन्तिममा कठिन काम बन्नाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ । समाजमा मान प्रतिष्ठा बढ्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा कामको चापबाट मुक्ति मिल्नेछ । पिताको सहयोगले अड्किएको काम बन्नेछ । साताको मध्यमा नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पनि प्रशस्तै भेटिनेछन् । व्यापार व्यवसायमा लगानी बढाउने अवसर प्राप्त हुनेछ । साताको अन्त्यमा सवारी साधन चलाउँदा सावधान रहनुहोला । शत्रुहरू सक्रिय रहनेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा शैक्षिक क्षेत्र फराकिलो हुनाले बौद्धिक क्षेत्रमा विकास हुनेछ । आवश्यक पर्दा सहयोगीहरू प्रशस्तै भेटिनेछन् । साताको मध्यमा नोकरी वा पेशामा अधिकारीबाट सहयोग पाइनेछ । स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको अन्त्यमा आकस्मिक खर्चले धनसंग्रहमा बाधा पुग्नेछ । तारिफ योग्य कार्य गर्दै पदीय जिम्मेदारी प्राप्त गर्न सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा अरुको लागि बुद्धि वा श्रम खर्च गर्नुपर्ला । अरूमाथि आँखा बन्द गरेर विश्वास गर्दा धोखा पाइनेछ । साताको मध्यमा धार्मिक कर्ममा मन जानेछ । उच्च शिक्षाको लागि नयाँ अवसरहरू प्राप्त हुनेछन् । साताको अन्तिममा कार्य क्षेत्रमा योग्यताको उचित मूल्यांकन पाइनेछ । साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भममा साझेदारी व्यापारबाट लाभ मिल्नेछ । भविष्यलाई लिएर नयाँ योजनाहरू बन्नेछन् । साताको मध्यमा स्वास्थ्यलाई लिएर खानपिनमा सजगता अपनाउनुहोस् । नयाँ अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । साताको अन्त्यमा उच्चपदासीन व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ । सांस्कृतिक अथवा सामाजिक कार्यमा सहभागी भइएला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा राजनीतिक क्षेत्रमा जिम्मेवारी बढ्नेछ । आलस्य गर्नेबाट बच्नुहोस् । साताको मध्यमा दाम्पत्य जीवन सुमधुर रहनेछ । सामाजिक हितमा केही राम्रो कार्य गर्न सकिनेछ । साताको अन्तिममा अवस्था नबुझी आफ्नो कुरा नराख्नुहोस् । आर्थिक पक्ष कमजोर रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा विद्यार्थीहरूको अध्ययन र अध्यापनमा मन लाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । साताको मध्यमा श्रमको उचित मूल्यांकन नमिल्ला । अवसरवादीहरूले खुट्टा तान्नेछन् । साताको अन्त्यमा कार्यलाई टाल्नुभन्दा कार्य सम्पादन गर्नमा विश्वास राखौं । व्यापार व्यवसायमा जीवन साथीको भरपूर सहयोग मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा पारिवारिक सम्बन्धमा असमझदारी बढ्नेछ । आर्थिक क्षेत्र कमजोर रहन सक्छ । साताको मध्यमा शुभ चिन्तकहरूको साथ र सहयोग पाइनेछ । अप्ठ्यारा परिस्थितिले आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ । साताको अन्तिममा वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला । कारोबार विस्तारको लागि नयाँ आवेदनहरू मिल्नेछन् ।




