मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा कार्य क्षेत्रमा जोखिम बढ्नेछ । कुनै पनि निर्णयमा ढुक्क हुनु अगाडि दुई पटक सोच्नुहोला । साहसिक काम गरेर लाभ उठाउन सकिनेछ । साताको मध्यमा दाम्पत्य जीवन सुमधुर रहनेछ । व्यापार व्यवसायमा लाभ रहनेछ । साताको अन्तिममा कामको मेसो नमिल्दा कार्य क्षेत्रमा पछि परिनेछ । अध्यात्मतर्फ झुकाव बढ्नाले मनमा शान्तिको अनुभूति हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ । विशेष कामको जग बसाउने मौका जुट्नेछ । साताको मध्यमा मन अशान्त रहनेछ । विद्यार्थीहरूको पढाइमा मन नलाग्ला । यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं । साताको अन्तिममा जीवन साथीसँग वैचारिक मतभेद सुल्झिनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा पारिवारिक कारणले मनमा निराशा वा असन्तोषको भावना जागृत हुनेछ । लगनशीलताले लक्ष्यसम्म पुर्याउनेछ । साताको मध्यमा व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला । विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा गुरुजनहरूको सहयोग प्राप्त हुनेछ । साताको अन्तिममा वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला । धैर्य वा पराक्रममा वृद्धि हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ । अधिकारको लागि संघर्ष गर्नुपर्ला । साताको मध्यमा आफन्तहरू मध्य असमझदारी बढ्नेछ । स्वास्थ्यलाई लिएर ध्यान दिनुहोस् । साताको अन्तिममा प्रेम र मित्रताको बन्धन कसिनेछ । नयाँ पहिरनले व्यक्तित्वमा निखार आउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा संचित धनमा वृद्धि हुनेछ । बोलिको माध्यमले कार्य सिध्द गर्न सकिनेछ । साताको मध्यमा अनावश्यक यात्राले खर्चमा वृद्धि हुनेछ । आफूभन्दा साना भाइ बहिनीहरूबाट सहयोग पाइनेछ । साताको अन्तिममा कार्य क्षेत्रमा शत्रुहरू सक्रिय रहनेछन् । जग्गा जमिनमा पशुधनबाट लाभाजन गर्न सकिनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
समाजमा मान सम्मान बढ्नेछ । भावनात्मक समझदारी देखाएर आपसी सम्बन्ध सुधार्न सकिनेछ । साताको मध्यमा आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । रोकिएका कार्य पुन: प्रारम्भ हुनेछन् । साताको अन्तिममा सामाजिक कार्य गरेर धेरैको मन जित्न सकिनेछ । कानुनी पक्ष मजबुत रहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ । स्वास्थ्यलाई लिएर सावधान रहनुहोला । साताको मध्यमा सामाजिक पक्षबाट सहयोग मिल्नेछ । जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको अन्तिममा आफन्तहरू मध्य स्वादिष्ट भोजनको आनन्द मिल्ला । विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा महत्त्वकांक्षी योजनाहरू पूरा हुनेछन् । व्यवसायमा लाभ रहनेछ भने उत्तम भोजनको प्राप्ति हुनेछ । साताको मध्यमा विर्सिएका योजना फेरि सम्झिनु हुनेछ । सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ । साताको अन्तिममा पुरुषार्थ देखाएर नाम र दाम कमाउने समय रहेको छ । रमाइलो यात्रा वा टाढिएका आफन्तहरूसँग भेटघाट हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा नोकरी वा पेशामा प्रभाव बढ्नेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । दाजुभाइ इष्ट मित्रहरूसँग मिलेर काम गर्नु लाभदायक रहला । साताको मध्यमा कार्य क्षेत्रमा नयाँ अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ । साताको अन्तिममा सवारी साधन चलाउँदा सावधान रहनुहोला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा चिताएका काम बन्नाले लाभ हुनेछ । कुनै नसोचेको ठाउँबाट राम्रो समाचार आउन सक्छ । धार्मिक र सांस्कृतिक समारोहमा सम्मिलित भइएला । साताको मध्यमा व्यक्तित्वमा र अभिव्यक्तिको कलामा निखार आउनेछ । व्यापार व्यवसायमा पिताको साथ मिल्नेछ । साताको अन्तिममा शेयर बजारबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ । शुभचिन्तकहरूको साथ मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा कार्य क्षेत्रमा कार्य दोहोर्याएर गर्नुपर्ला । धेरै कुराको जिम्मा लिन मन लाग्नेछ । साताको मध्यमा उच्च शिक्षालाई लिएर विदेशतिरको बाटो प्रशस्त होला । भाग्यको साथ मिल्नेछ । साताको अन्तिममा नयाँ अनुबन्धहरू व्यापार विस्तारमा सहायक हुनेछन् । पहिला लिएका निर्णयहरू लाभकारी सिद्ध हुनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा कार्य क्षेत्रमा काम टाल्नुभन्दा बनाउने प्रयास गर्नुहोला । आत्म सम्मानको लागि मौन रहनु नै राम्रो हुनेछ । साताको मध्यमा उच्च शिक्षालाई लिएर नयाँ अवसरहरू मिल्नेछन् । रचनात्मक कार्यहरूमा मन लाग्नेछ । साताको अन्तिममा मेहनत वा परिश्रमले धेरैलाई प्रभावित पार्न सक्नुहुनेछ । व्यवहारिक कठिनाइ देखिएता पनि मेहनतले समाजमा नाम स्थापित गराउन सकिनेछ ।




