मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशि हुनेहरूको लागि यो महिना श्रेष्ठ रहेको छ । आर्थिक पक्षमा सुदृढता आउनेछ भने नोकरी वा पेशामा पद प्रतिष्ठामा वृद्धि हुनेछ । घर परिवार वा घरेलु कुरामा आवश्यकताभन्दा धेरै खर्च गर्नुपर्ला । व्यापार विस्तारको लागि ऋण लिएर नँया लगानी लगाउने समय रहेको छ । पारिवारिक वा वैवाहिक दृष्टिकोणले समय राम्रो रहेको छ । घर परिवारमा नयाँ जिम्मेवारी बढ्ने तथा घरभित्र नयाँ निर्णय हुनेछन् । कार्य स्थानान्तरण वा जग्गा जमिनलाई लिएर असहज महसुस हुनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ । भाग्यको विशेष साथ मिल्नेछ । रोकिएको उधारो धन फिर्ता हुने समय रहेको छ । रिस र आक्रोशले आर्थिक गतिविधिमा निर्णय कमजोर हुन सक्छ, धैर्यताले काम लिनुहोला । वैवाहिक सम्बन्धको लागि पनि यो महिना श्रेष्ठ रहेको छ । प्रेम सम्बन्ध आदिलाई विवाहमा टुङ्ग्याउन सकिने शुभ योग रहेको छ । सम्बन्धमा बोली चालीमा मधुर भाषाको प्रयोग गर्दा सबैको मन जित्न सक्नुहुनेछ । घर परिवारमा पूजापाठ वा धार्मिक यात्राका योग बन्नेछन् ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ । स्वास्थ्य वा घर परिवारतर्फ आकस्मिक खर्च बढ्ने योग रहेको छ । जोखिमपूर्ण लगानी वा ऋणको लेनदेनबाट दूरी बनाएर राख्नुमानै फाईदा रहेको छ । पारिवारिक तथा वैवाहिक सम्बन्धलाई लिएर यो महिनाको सुरुवात हजुरको लागि त्यति अनुकूल नहोला । वैवाहिक जीवनमा जीवन साथीसँग गहिरा विषयहरूमा छलफल पर्याप्त नहुँदा अनावश्यक तनाव बढ्नेछ । आत्मीयता वा मिठो बोलीले काम बनाउन र भावनात्मक दुरी घटाउन सक्नुहुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशि हुनेहरूको लागि यो महिना राम्रै देखिएको छ । दाम्पत्य जीवनमा अर्थको कुरालाई लिएर विचार विमर्श हुने प्रबल सम्भावना रहेको छ । आर्थिक निर्णयहरूमा हत्तार नगर्नु नै हजुरको लागि लाभदायी रहनेछ । घर परिवारमा मांगलिक कार्यको चर्चा हुनेछ । बोली र व्यवहारको पारिवारिक जीवनमा प्रत्यक्ष प्रभाव पर्नेछ, त्यसैले बोलिमा मधुरता राख्नु लाभदायक रहला । दाम्पत्य जीवनमा तर्क वितर्क अनावश्यक कुराहरुले विवाद बढ्नेछ । करियरमा साझेदारी व्यापारबाट राम्रो लाभाआर्जन गर्न सकिनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ । काममा वा कारोबारमा अतिरिक्त लगानी लगाउनु पर्ला । मेहनत वा लगनशीलताले आयस्रोतलाई स्थिर बनाउन सकिनेछ । उधारो वा कानुनी लेनदेन जस्तो वस्तुमा सावधानी अपनाउनु पर्ने हुन्छ । पारिवारिक सम्बन्धलाई लिएर यो महिना अलिकता तनावपूर्ण रहनेछ । बुद्धिजीवी वा आफूभन्दा ठूला मान्छेको कुराको मान राखेर कार्य गर्नुहोला । काममा व्यस्तता वा परिवारलाई समय दिन नसक्दा आपसी समझदारीमा कमी आउनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशि हुनेहरूको लागि समय उत्तम रहेको छ । आयआर्जनका नयाँ अवसरहरू प्राप्त हुनेछन् । नेटवर्क मार्केटिङ र शेयर बजारमा गरेको लागानीबाट राम्रो लाभ आर्जन गर्न सकिएला । पारिवारिक र वैवाहिक सम्बन्धलाई लिएर यो महिना मिश्रित रहनेछ । घर परिवारतर्फ जिम्मेवारी बढ्नेछ तर भावनात्मक संवेदनशीलता बढ्नेछ । दाम्पत्य जीवन र वैवाहिक सम्बन्धमा वैचारिक मतभेद रहेको छ, त्यसैले साथीको विचारलाई पनि सम्मान दिएर कार्य गर्नुहोला । स्पष्ट कुराले सम्बन्धलाई स्थिर बनाउन सकिनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ । कार्य क्षेत्रमा आयआर्जनका नयाँ अवसरहरू फेला पर्नेछन् । लगानिजन्य कुराहरु गर्नुपुर्व विषय वस्तुहरुको राम्रो जानकारी लिएर मात्र कार्यलाई अघि बढाउनुहोला । पुराना कुरालाई लिएर मन अशान्त रहनेछ । विद्यार्थीहरूलाई प्रतियोगीमूलक विषय वस्तुको तयारीमा सफलता मिल्ने योग छ । प्रेम सम्बन्धमा विचारहरूको टकराव हुन सक्ला । नोकरी वा पेशामा सहकर्मीहरूसँग विनम्र व्यवहार राख्नुहोस् । स्वास्थ्यको दृष्टिकोणले यो महिना सामान्य रहेको छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशि हुनेहरूको लागि महिना राम्रै रहेको छ । व्यापार व्यवसायमा मार्केटिङ र सेल्स डिपार्टमेन्ट वा मिडियाको क्षेत्रमा राम्रो सफलता हात लाग्नेछ । कार्य क्षेत्रमा कामले गति लिनेछ । धार्मिक यात्रा सम्बन्धी कुराकानी अगाडि बढ्नेछन् । अनावश्यक विवादबाट टाढा बस्नु राम्रो रहेको छ । परिवारसँग व्यावहारिक सम्झौता गर्नुपर्ला । कानुनी मुद्दा मामलाहरूमा सफलता मिल्नेछ । शैक्षिक क्षेत्रमा सकारात्मक परिणाम मिल्नेछ । स्वास्थ्यको दृष्टिकोणले समय सामान्य रहेको छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धनु राशि हुनेहरूको लागि यो महिना मिश्रित रहनेछ । व्यापार व्यवसायमा मन्दी आएपनि नियमित आम्दानी भइरहनेछ । व्यापारिक क्षेत्रमा हलचल भईरहनेछ । नजिकको आत्मीय व्यक्तिले व्यवहारमा कडापन देखाइदिनाले मन उदास रहनसक्छ । सानातिना कुरामा मतभेद वा संवेदनशील प्रक्रिया आईरहने सम्भावना भएकाले धैर्यपूर्व कुरा मिलाउँदै जानु नै उचित रहेको छ । स्वास्थ्यको दृष्टिकोणले मानसिक तनाव र पाचन सम्बन्धी समस्या देखिन सक्छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशि हुनेहरूको लागि यो महिना श्रेष्ठ रहेको छ । सामाजिक काम कार्यमा रुचि बढ्नेछ । प्रयत्न गर्दा व्यापार व्यवसायमा पहिलाका कमी कमजोरीलाई सुधार्ने समय रहेको छ । लगानीमा विस्तार गर्ने वा रोकिएको कार्यलाई अघि बढाउने सकारात्मक संकेत देखिएको छ । दाम्पत्य जीवन र साझेदारी व्यापारमा आपसी समझदारीको कमी देखिएला । शैक्षिक क्षेत्रलाई लिएर आत्मविश्वासमा वृद्धि वा लक्ष्य प्राप्तिको लागि लगनशील भएकाले प्रतिस्पर्धा लगायतका परीक्षा, कला आदिको क्षेत्रमा प्रगति हुनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कुम्भ राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ । कार्य क्षेत्रको मामिला जटिल र सङ्घर्षशील रहेको छ । खर्चमा उल्लेखनीय वृद्धि हुनेछ, त्यसैले सोच विचार गरेरमात्र धन खर्चिनुहोला । परिस्थिति विपरीत भएतापनि योजना बनाएर कार्य गर्दा सफलता मिल्नेछ । वैदेशिक रोजगारका यात्रा लाभदायी रहनेछन् । पढाइ र प्रेम सम्बन्धलाई लिएर यो महिना सामान्य रहेको छ । विद्यार्थीहरूलाई आफ्नो करियरको विषय वस्तुलाई लिएर मानसिक अस्थिरताले सताउँनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मीन राशि हुनेहरूको लागि यो महिना शुभ रहेको छ । मेहनत वा परिश्रमले सफलताको उचाई प्राप्त गर्न सकिएला । मेहनतीहरूको लागि नोकरी वा पेशामा पदोन्नतिको मार्ग प्रशस्त हुनेछ । सामाजिक र राजनीतिक क्षेत्रमा पनि प्रभाव बढ्नेछ । विवाहितहरूको लागि पति पत्नि बीचको सम्बन्धलाई अझै सुमधुर बनाउने अवसरहरू देखिनेछन् । विद्यार्थीहरूको लागि यो महिना राम्रो रहनेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । प्रेम सम्बन्धमा गलत बुझाइ हुने सम्भावना देखिएको छ ।




