मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा नोकरी पेशामा प्रभाव बढ्नेछ । नयाँ कामको जग बसाउने समय रहेको छ । साताको मध्यमा आर्थिक स्थिति सुदृढ रहनेछ । चुनौती पन्छ्याउँदै नयाँ मार्ग तर्फ अग्रसर भइनेछ । साताको अन्तिममा विदेशतिरबाट शुभ सूचना मिल्नेछ । स्वास्थ्यलाई लिएर खानपिनमा सजगता अपनाउनुहोस् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा धर्म कर्ममा मन लाग्नेछ । उच्च शिक्षालाई लिएर नयाँ मार्ग प्रशस्त हुनेछ । साताको मध्यमा नोकरी वा पेशामा सहयोगीहरूको साथ पाइनेछ । अप्ठ्यारो परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सकिनेछ । साताको अन्तिममा नयाँ जिम्मेवारी मिल्नुका साथै व्यापार व्यवसायमा लाभ रहनेछ । टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा पहिला गरेको कार्यबाट लाभ प्राप्त हुनेछ । साझेदारी व्यापारमा नयाँ सम्झौताहरू गर्नुपर्ला । साताको मध्यमा काम समयमा सम्पादन नहुनाले मनमा अज्ञात भय रहनेछ । छर छिमेकीसँग वादविवादबाट टाढा रहनुस् । साताको अन्तिममा स्वास्थ्य सबल रहनेछ । नेतृत्व गर्ने क्षमतामा विकास हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा नोकरी वा पेशामा प्रभाव बढ्नेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । साताको मध्यमा कार्यक्षेत्रमा नयाँ अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ । साताको अन्तिममा योग्यताको उचित मूल्यांकन हुनेछ । प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा भावात्मक सम्बन्ध मजबुत रहनेछ । कार्य क्षेत्रमा दोहोराएर कार्य गर्दा फाइदा हुनेछ । साताको मध्यमा साहस र पराक्रमले शत्रुहरू पराजित हुनेछन् । दाम्पत्य जीवन सुमधुर रहनेछ । साताको अन्तिममा सहकारी वा वित्तीय मामलाहरू सुल्झिनेछन् । शुभचिन्तकहरूको साथ पाइनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा कानुनी मुद्दा मामलाहरूमा पक्ष कमजोर देखिनेछ । नयाँ कार्यको जग्ग बसाउनको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस । साताको मध्यमा प्रेम सम्बन्ध सुमधुर रहनेछ । पहिला गरेको कार्यबाट राम्रो आम्दानी प्राप्त हुनेछ । साताको अन्तिममा व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस् । अवसरवादीहरुले कमजोरीको फाइदा उठाउनेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा बोलिको विपरीत अर्थ लाग्न सक्छ, सचेत रहनुहोस् । राजनीतिक र प्रशासनिक क्षेत्रमा बाधा आउनेछ । साताको मध्यमा विद्यार्थीहरूलाई गुरुजनको राम्रो सहयोग प्राप्त हुनेछ । प्रियजनहरूसँग रमाइलो भेटघाट रहनेछ । साताको अन्तिममा नोकरी वा पेशामा पुराना लिएका निर्णयहरूले लाभ दिनेछन् । इन्टरभ्यु आदिमा आफ्नो राम्रो छवि राख्न सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा कार्य क्षेत्रमा अधिकारीहरूबाट प्रशंसा पाइएला । धैर्य वा पराक्रममा वृद्धि हुनेछ । साताको मध्यमा ठेक्कापट्टा र पशुधनबाट राम्रो लाभ आर्जन गर्न सकिएला । स्वास्थ्यलाई लिएर मानसिक चिन्ता रहनेछ । साताको अन्तिममा रचनात्मक कार्यहरूतिर मन जानेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा अरुलाई प्रभावित पारेर लोकप्रियता हासिल गर्न सकिनेछ । रोकिएको कार्य बन्नाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ । साताको मध्यमा कला र संगीतको क्षेत्रमा सफलता मिल्नेछ । पारिवारिक सद्भावमा वृद्धि हुनेछ । साताको अन्तिममा आफूभन्दा सानाप्रति आत्मीयता बढ्नेछ । घरमा शुभ माङ्लिक कार्यको चर्चा हुनेछ । यात्राका योग छन् ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा अर्थ अभावले चलिरहेको काम रोक्नुपर्ला, सावधान रहनुहोस् । स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ । साताको मध्यमा प्रतिष्ठित कार्य गर्ने अवसर रहेको छ । आफ्नो काम र योग्यताले अरुलाई चिनाउन सक्नुहुनेछ । साताको अन्तिममा बोलि प्रभावशाली रहनेछ । मादक वा पेय पदार्थबाट टाढा रहनुहोस् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भ मेहनतद्वारा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । आफ्नो लक्ष्यप्रति सजग रहनुहोला । साताको मध्यमा काममा आलस्यले गर्दा साताको अन्तिममा अवस्थामा पनि काममा जुट्नु पर्ला, सचेत रहनुहोस् । यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं । साताको अन्तिममा मान सम्मानमा वृद्धि हुनेछ । रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द मिल्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ । आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । साताको मध्यमा सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ । शेयर बाजारबाट मनज्ञ लाभ आर्जन गर्न सकिएला । साताको अन्तिममा कामको मेसो नमिल्दा पछि परिनेछ । व्यवहारिक पक्ष कमजोर देखिएको छ ।




