बारा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया निजगढ सडक खण्डमा गुडिरहेको विद्युतीय गाडीमा अचानक आगलागी भएको छ । पोखराबाट काँकडभिट्टा तर्फ जाँदै गरेको गाडीमा शनिबार एक्कासी आगलागी भएको हो ।
जितपुर सिमरा उपमहानगरपालिका १६ काटघाटमा प्रदेश १–०१–००१ ख ४७२० नम्बरको गाडी गुडिरहेको अवस्थामा जंगल क्षेत्रमा अचानक आगलागी भएको हो ।
आगलागीबाट गाडी जलेर पूरै ध्वस्त भएपनि त्यसमा सवार १४ जना यात्रु भने सुरक्षित रहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।






