मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा विवादास्पद् कार्यहरूमा फस्नुपर्ला, सावधान रहनुहोस् । राजनीतिक क्षेत्रमा जनसमर्थन बढ्नेछ । साताको मध्यमा मनमा प्रेम र विश्वासको सृजना हुनेछ । अध्ययनमा प्रगति हुनेछ । साताको अन्तिममा हजुरको प्रयास वा लगनशीलताले प्रतिद्वन्दीहरू आफैं पछि हट्नेछन् । स्वास्थ्यलाई लिएर सावधान रहनुहोला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा युवाहरूलाई करियरलाई लिएर नयाँ बाटो खुल्नेछ । साहसिक कार्य गर्ने समय रहेको छ । साताको मध्यमा स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ । व्यवहारमा संयमता राख्नुहोस् । साताको अन्तिममा प्रेम र मित्रताको बन्धन कसिनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा सञ्चित धनमा वृद्धि हुनेछ । व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरूको रेखांकन हुनेछ । साताको मध्यमा दाजुभाईमा आत्मीयता बढ्नेछ । धैर्य वा पराक्रमले आँटेको कार्य सम्पादन गर्न सकिनेछ । साताको अन्तिममा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । पारिवारिक सद्भावमा कमी आउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा मनोवलमा वृद्धि हुनेछ । व्यापार व्यवसायमा सन्तुष्टिजनक परिणाम प्राप्त होला । साताको मध्यमा राजकीय वा प्रशासनिक मामलाहरू सुल्झिनेछ । कार्य क्षेत्रमा सहकर्मीहरूको साथ पाइनेछ । साताको अन्तिममा आँटेको कार्य सम्पादन गर्न सकिनेछ । भविष्यलाई लिएर योजनाहरू कोरिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर खानपिनमा सजगता अपनाउनुहोस् । हात लिएको कार्य प्रति इमान्दारिता रहनुहोला । साताको मध्यमा रचनात्मक कार्यमा रुचि बढ्नेछ । समस्या दर्शाउँदा साथ दिनेवाला प्रशस्त भेटिनेछन् । साताको अन्तिममा व्यापार व्यवसायमा लेनदेनलाई लिएर सावधान रहनुहोला । ईर्ष्या गर्नेहरूले हजुरको कार्यशैलीको आलोचना गर्लान शान्त रहनुहोस् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा मित्रहरूसँग घुमफिरमा समय व्यतीत होला । कार्य क्षेत्रमा अनुभवीहरूको साथले कार्य समयमा सम्पादन हुनेछ । साताको मध्यमा यात्रा गर्दा आफ्नो सामानको सुरक्षा स्वयं राखौं । अरुको विवादास्पद कार्य वहन गर्नुपर्ला । साताको अन्तिममा नोकरी वा पेशामा अधिकारी वर्गहरूको साथ पाइएला । अतिथिको आगमनले खुसीको माहोल रहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा नोकरी वा पेशामा प्रतिभाको प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ । रोकिएको कार्य पुन: प्रारम्भ हुनेछ । साताको मध्यमा शेयर बाजारबाट लाभ प्राप्त होला । कार्य क्षेत्रमा कार्य कुशलताको चर्चा हुनेछ । आर्थिक पक्ष सबल रहनेछ । साताको अन्त्यमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ । नयाँ लगानी लगाउन उपयुक्त समयको प्रतिक्षा गर्नुहोस् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा धर्मकर्ममा रुचि बढ्नेछ । घरमा मांगलिक कार्यको चर्चा हुनेछ । यात्रा सुखमय वा राम्रो रहनेछ । साताको मध्यमा आर्थिक स्थितिलाई लिएर गरिएका सुधारका प्रयासहरूमा सफलता मिल्नेछ । विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ । साताको अन्त्यमा चुनौती पन्छ्याउँदै नयाँ कार्य गर्ने समय रहेको छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा सञ्चित रकम खर्च गर्नुपर्ने अवस्थासंगै आर्थिक क्षेत्र कमजोर रहन सक्छ । सवारी साधन चलाउँदा सावधान रहनुहोला । साताको मध्यमा उच्च शिक्षालाई लिएर नयाँ अवसरहरू मिल्नेछन् । शुभचिन्तकहरूको सुझावलाई सिरोधार्य गर्नुहोस् । साताको अन्तिममा अन्तर्राष्ट्रिय सम्पर्कबाट लाभ उठाउन सकिनेछ । जग्गा जमिन वा ठेक्कापट्टाको कार्यबाट लाभ मिल्ला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा दाम्पत्य जीवन सुमधुर रहनेछ । पारिवारिक विषय वस्तुलाई लिएर मनमा चिन्ता रहनेछ । साताको मध्यमा योजनाहरू सार्वजनिक हुनाले कार्य सम्पादनमा बाधा आउनेछ । राजकीय र प्रशासनिक क्षेत्रमा लापरवाहीले दण्ड वा जरिवाना तिर्नुपर्ला । साताको अन्तिममा आशा देखाउनेहरूको भरपर्दा दुःख पाइनेछ । पढाइमा ध्यान केन्द्रित गर्न सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा कार्यक्षेत्रमा तारिफ योग्य कार्यको चर्चा हुनेछ । प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । साताको मध्यमा व्यापार व्यवसायमा जीवन साथीको सहयोग मिल्नेछ । सामुदायिक जिम्मेवारी वहन गर्नुपर्ला । साताको अन्तिममा उपलब्धिका नयाँ स्रोतहरू फेला पर्नेछन् । आफन्तहरूबाट भनेजस्तो सहयोग नमिल्नाले मन निराश रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा प्राविधिक कार्यमा सफलता मिल्नेछ । नयाँ कार्यको जग बसाउने अवसर रहेको छ । साताको मध्यमा प्रतिस्पर्धीहरूबाट फाइदा उठाउन सकिनेछ । कसैलाई सापटी रकम दिनदेखि बच्नुहोस् । साताको अन्तिममा आफन्तहरूको स्नेह सत्कार पाइनेछ । आत्मविश्वासको कमीले निर्णय लिने क्षमतामा कमी आउनेछ ।




