मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा मन उत्साहले भरिपूर्ण रहनेछ । कार्य क्षेत्रमा सहयोगीहरूको सहयोगले अप्ठ्यारो काम सजिलै सम्पादन गर्न सकिनेछ । साताको मध्यमा प्रेम सम्बन्ध सुमधुर रहनेछ । व्यापारमा आयका स्रोतहरू बढ्नेछन् । साताको अन्तिममा राजकीय मुद्दा मामिलाहरूमा अल्झिनुपर्ला । स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा शंदेहास्पद मामिलाहरूमा स्वविवेकको प्रयोग गर्नुहोला । साइनो गाँस्नेहरूबाट सावधान रहनुहोला । साताको मध्यमा उच्च शिक्षालाई लिएर नयाँ योजनाहरू बन्नेछन् । प्रतीयोगि परीक्षामा सफलता मिल्नेछ । साताको अन्तिममा दाम्पत्य जीवन सुमधुर रहनेछ । कृषिमा पशुधनबाट मनग्य लाभ आर्जन गर्न सकिएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा योजना बनाएर कार्य गर्नुहोस्, सफलता मिल्नेछ । यसै गरिएको कामको जस नमिल्ला । साताको मध्यमा रचनात्मक कार्यतर्फ मन जानेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । साताको अन्तिममा नयाँ कार्यप्रति चासो र उत्साह बढ्नेछ । आलस्यले गर्दा राम्रो समय गुमाउनु पर्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा सोचेका काम समय भन्दा अगाडि पूरा हुनेछन् । कानुनी मामिलामा जीत हुनेछ । साताको मध्यमा व्यापार व्यवसायमा लाभ हुनेछ । कार्य क्षेत्रमा नयाँ उपलब्धिले थप कार्य प्रति उत्साह जाग्नेछ । साताको अन्तिममा विद्यार्थीहरूको तार्किक क्षमतामा वृद्धि हुनेछ । गृहणीहरूको गृह कार्यको साथै सामाजिक परिवेशमा कद बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा मान प्रतिष्ठामा वृद्धि हुनेछ । सामाजिक परिपेक्षमा नयाँ दायित्व मिल्नेछ । साताको मध्यमा कार्यक्षेत्रमा बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन नलाग्ला । साताको अन्तिममा दाजुभाइमा आत्मियता बढ्नेछ । नौकरी वा पेशामा भावनामा आएर निर्णय नलिनुहोला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा व्यापार व्यवसायमा लाभ रहनेछ । धैर्य र पराक्रममा वृद्धि हुनेछ । साताको मध्यमा आर्थिक कारोबारमा नयाँ निर्णय लिनदेखि बच्नुहोस् । इच्छा शक्तिले गर्दा लक्ष्य सम्म पुग्न सजिलो रहनेछ । साताको अन्तिममा शैक्षिक योग्यतामा सफलता मिल्नेछ । रमाइलो जमघटसँगै स्वादिष्ट भोजनको आनन्द मिल्ला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ । श्रमको उचित मूल्यांकन नपाइएला । साताको मध्यमा घर परिवारमा आफन्तहरूबाट सहयोग मिल्नेछ । कार्य क्षेत्रमा आत्मविश्वास बढ्नेछ । साताको अन्तिममा सञ्चित धनमा वृद्धि हुनेछ । नयाँ कामको जग बसाउने अवसर रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा लगनशीलताले नयाँ कार्यतर्फ अग्रसर भइनेछ । शेयर बजारबाट मनग्य लाभ प्राप्त हुनेछ । साताको अन्तिममा आफूभन्दा ठूलाको साथ र सहयोग मिल्नेछ । पुरानो सोचलाई त्यागेर नयाँ सोचको साथ अगाडि बढ्नुहोस्, सफलता मिल्नेछ । साताको अन्तिममा कार्यक्षेत्रमा अधिकारी वर्गहरूको साथमा तालमेल बनाएर राख्नुहोस् । उठ्नुपर्ने रकम हात लागि हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
कार्य क्षेत्रमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला । दैनिकी कार्यमा सोचेभन्दा राम्रो लाभ रहनेछ । साताको मध्यमा आफन्तहरूको आफन्तहरूसँग भेटघाटले मन प्रसन्न रहनेछ । विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ । साताको अन्तिममा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउनको लागि उपयुक्त समय रहेको छ । कार्य क्षेत्रमा दोहोराएर कार्य गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । साताको मध्यमा गृहणीहरूलाई घरायसी कामकाजमा सहयोग मिल्नेछ । कानुनी मुद्दा मामलाहरूमा विजय मिल्नेछ । साताको अन्तिममा स्वास्थ्यमा शारीरिक थकानको महसुस हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा धर्म कर्ममा मन जानेछ । मनमा परोपकारको भावना जागृत हुनेछ । साताको मध्यमा सहकारी वा वित्तीय क्षेत्रबाट लाभ मिल्नेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनुका साथै आयआर्जनका नयाँ बाटोहरू खुल्नेछन् । साताको अन्तिममा साझेदारी व्यापारमा लाभ रहनेछ । आफ्नो कुराले अरुलाई प्रभावित पार्न सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा अनलाइन लेनदेनमा होस पुर्याउनुहोला । शत्रुहरू सक्रिय रहनेछन् । साताको मध्यमा रोकिएको कार्य पुन: प्रारम्भ हुनेछ । सांस्कृतिक वा सामाजिक कार्यक्रमहरूमा सहभागी भइएला । साताको अन्तिममा आफन्तहरू मध्य व्यवहार कुशलताको तारिफ हुनेछ । साहित्य र कलाको क्षेत्रमा सफलता मिल्नेछ ।




