मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा धर्मकर्ममा मन लाग्नेछ । उच्च शिक्षालाई लिएर नयाँ मार्ग प्रशस्त हुनेछ । साताको मध्यमा नोकरी वा पेशामा अधिकारी वर्गहरु सहयोगी सिद्ध हुनेछन् । अध्ययन र अध्यापनमा मन लाग्नेछ। साताको अन्तिममा योग्यताको उचित मूल्यांकन हुनेछ । प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा गोप्य कुराहरू सार्वजनिक नगर्नुहोला । स्वास्थ्यलाई लिएर सावधान रहनुहोस् । साताको मध्यमा नयाँ निर्णय लिँदा बुद्धिको उपयोग गरौं । प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ । साताको अन्तिममा आर्थिक पक्ष सबल रहनेछ । व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा जीवन साथीको सहयोगले कुनै विशेष कार्य सम्पादन हुनेछ । साझेदारी व्यापारमा लाभ रहनेछ । साताको मध्यमा आशा मात्र देखाउनेहरूले झुक्याउन सक्लान्, सावधान रहनुहोस् । कार्य क्षेत्रमा योग्यताको मूल्यांकन हुनेछ । साताको अन्तिममा समस्या दर्शाउँदा सहयोगीहरूले सहयोग गर्नेछन् । सामाजिक र सांस्कृतिक समारोहमा सहभागी भइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ । प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । साताको मध्यमा दाम्पत्य जीवन सुमधुर रहनेछ । व्यापार व्यवसायमा लाभका नयाँ स्रोतहरू फेला पर्नेछन् । साताको अन्तिममा प्रयत्न गर्दा फसेको रकम उठाउन सकिनेछ । पुरानो बचतले आर्थिक पक्षमा सफलता मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा शैक्षिक योग्यतामा सफलता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । साताको मध्यमा नोकरी वा पेशामा हजुरको कमजोरी माथि टिप्पणी हुनेछ । शरीरमा कमजोरी र आलस्यको अनुभूति हुनेछ । साताको अन्तिममा कार्य क्षेत्रमा नयाँ उत्तरदायित्व मिल्नेछ । व्यापार व्यवसायमा लाभ रहनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा पारिवारिक सद्भावमा कमी आउनेछ । सवारी साधन चलाउँदा सावधान रहनु होला । साताको मध्यमा विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ । आजको मेहनतले भविष्यमा नयाँ उपलब्धि दिलाउनेछ । साताको अन्तिममा तारिफ योग्य कार्य सम्पादन हुनाले मन प्रशन्न रहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा धैर्य वा पराक्रम वृद्धि हुनेछ । दाजुभाईमा आत्मीयता बढ्नेछ । साताको मध्यमा पारिवारिक झै झगडा सुल्झिनेछ । जग्गा जमिनबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ । साताको अन्तिममा विपरीत परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ । रचनात्मक कार्यतर्फ मन जानेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा सञ्चित धनमा वृद्धि हुनेछ । बाणीको माध्यमले कार्य सिध्द गर्न सकिनेछ । साताको मध्यमा अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ला । पहिलेका समस्याहरूको समाधान हुनेछ । साताको अन्तिममा माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । हिम्मत गर्दा जटिल कार्य सम्पादन गर्न सकिनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भ मान सम्मानमा वृद्धि हुनेछ । आकर्षक उपहारले उत्साह जाग्नेछ । साताको मध्यमा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पारिवारिक जमघट संगै स्वादिष्ट भोजनको आनन्द मिल्ला । साताको अन्तिममा साहसिक कार्य गर्ने समय रहेको छ । प्रतिक्षा गरेको नतिजा अनुकूल रहनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ । स्वास्थ्यलाई लिएर सचेत रहनुहोस् । साताको मध्यमा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले अप्ठ्यारा परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सकिनेछ । विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ । साताको अन्त्यमा प्रशासनिक वा सरकारी कार्य समयमा सम्पादन गर्न सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा चुनैति भित्र नयाँ सम्भावना खोज्ने समय रहेको छ । शेयर बजारबाट लाभ प्राप्त गर्न सकिनेछ । साताको मध्यमा कमजोर नतिजा सच्याउन कार्य दोहोर्याएर गर्नुपर्ला । आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ । साताको अन्तिममा यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं । मनमा परोपकारको भावना जागृत हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा राजनीतिज्ञहरूको लागि समय अनुकूल रहेको छ । स्वास्थ्य सबल रहनेछ । साताको मध्यमा नोकरी वा पेशामा निर्णयात्मक बुद्धिको प्रशंसा हुनेछ । विद्यार्थीहरूलाई पढाइमा गुरुजनहरूबाट सहयोग मिल्नेछ । साताको अन्त्यमा कृषि वा ठेका पट्टाको कामबाट लाभ आर्जन गर्न सकिनेछ । अरुको लागि बुद्धि वा श्रम खर्च गर्नुपर्ला ।




