मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा साझेदारी व्यापारमा लाभ मिल्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । साताको मध्यमा नयाँ अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । स्वास्थ्यलाई लिएर खानपिनमा सुधार गर्नुहोस् । साताको अन्तिममा उच्च शिक्षालाई लिएर नयाँ योजनाहरू बन्नेछन् । विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । साताको मध्यमा सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । रोकिएको काम बन्नेछ भने नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ । साताको अन्तिममा कुनै कुरालाई लिएर आफन्तहरूमध्ये असमझदारी बढ्नेछ । सानो प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा शैक्षिक क्षेत्र फराकिलो रहनेछ भने प्रेम सम्बन्ध सुमधुर बन्दै जानेछ । साताको मध्यमा कृषि क्षेत्रमा कामको चाप संगै केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय रहेको छ । साताको अन्तिममा तारिफ योग्य काम गरेर धेरैको उपकार गर्न सकिनेछ । विद्यार्थीहरूको बौद्धिक क्षमतामा निखार आउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा आफन्तहरू मध्य कुनै कुराले असमझदारी बढ्नेछ । कार्य क्षेत्रमा समय सापेक्ष सुधार गर्न सफल भइनेछ । साताको मध्यमा पहिलाको सफलताले थप हौसला जगाउनेछ । सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ । साताको अन्तिममा परीक्षामा सफलता मिल्नेछ । नोकरी वा पेशामा प्रतिस्पर्धीहरूको चलखेल बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा धैर्य र पराक्रममा वृद्धि हुनेछ भने अध्ययनको अभावले बौद्धिक क्षेत्रमा शंका उत्पन्न हुनेछ । साताको मध्यमा मेहनतीहरूको काम पूर्ण हुनेछ भने लक्ष्य अनुसार समयमै काम सम्पादन हुनेछ । साताको अन्तिममा कार्य क्षेत्रमा नयाँ काम तर्फ अग्रसर भइनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा संगीत र कलाको क्षेत्रमा रुचि बढ्नेछ । सञ्चित धनमा वृद्धि हुनेछ । साताको मध्यमा परिश्रमको तुलनामा प्रतिफल कम देखिनेछ । अरुको दबावमा काम गर्नुपर्ने स्थिति आउन सक्छ । साताको अन्तिममा व्यवसायमा लगानि बढ्नेछ । अवसरवादीहरूबाट सजग रहनुहोला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा मान सम्मानमा वृद्धि हुनेछ भने फाइदाको लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । साताको मध्यमा व्यापार व्यवसायमा अड्किएको रकम उठ्नेछ । भविष्यलाई लिएर केही लगानी बढाउन सकिनेछ । साताको अन्तिममा तारिफ योग्य कामले चर्चामा ल्याउनेछ । मेहनतीहरूको लागि कार्य सिद्धिको समय रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा योजना विपरीत कार्य नगर्नुहोस् । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । साताको मध्यमा कर्मयोगले नाम र दाम दिलाउनेछ । प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले अप्ठ्यारो कामलाई पनि सजिलै सम्पादन गर्न सकिनेछ । साताको अन्तिममा नँया कामको जग बसाउने समय रहेको छ । जग्गा जमिनबाट लाभ आर्जन गर्न सकिनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा रचनात्मक कार्यमा मन लाग्नेछ । विभिन्न भौतिक संसाधनहरू प्राप्त हुनेछन् । साताको मध्यमा नोकरी वा व्यवसायमा विशेष फाइदा होला। यात्रा गर्दा सामानको जिम्मेवारी स्वयं राखौं । साताको अन्तिममा पहिलाको कमी कमजोरी सच्याउँदै सोचे अनुरुप काम गर्न सकिनेछ । कार्य क्षेत्रमा सोचे अनुरूप सफलता पाइनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा तत्काल फाइदा नहुने काममा जुट्नु परेपनि उपलब्धिको स्रोत फेलापार्न सकिनेछ । कार्य क्षेत्रमा पिताको सहयोग मिल्नेछ । साताको मध्यमा शेयर बजारबाट लाभ आर्जन हुनेछ । व्यापार व्यवसायमा सन्तानको सहयोग मिल्नेछ । साताको अन्तिममा अवसरवादीहरूले कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । अरुको लागि बुद्धि वा धन खर्च गर्नुपर्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा सांस्कृतिक संघ समारोहमा सम्मिलित भइएला । वैदेशिक यात्राको प्रक्रिया अघि बढ्नेछ । साताको मध्यमा भौतिक संसाधनले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुने योग छ । साताको अन्तिममा प्रयत्न गर्दा दिगो कामको थालनी हुनेछ । मेहनत र लगनशीलताले शत्रुहरू स्वत: किनारा लाग्नेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा शुभचिन्तकहरूको साथले नयाँ कार्यको खोजीमा सफलता मिल्नेछ । अरुलाई सल्लाह दिनबाट जोगिनुहोस् । साताको मध्यमा नोकरी वा पेशामा राम्रो उपलब्धि प्राप्त गर्न सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साताको अन्तिममा साहित्य र लेखन कलामा निखार आउनेछ । आफ्नो व्यक्तित्व लाई सुधार्ने समय रहेको छ ।




