मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा कामका नयाँ अवसरहरू फेला पर्नेछन् । आर्थिक मामलाहरूमा सोच विचार गरेर निर्णय लिनुहोला । साताको मध्यमा संवेदनशील मुद्दा मामलाहरू सुल्झिनेछन् । शेयर बजारबाट लाभ आर्जन गर्न सकिनेछ । साताको अन्तिममा खर्चमा नियन्त्रण राख्नुहोस् । शारिरिक ऊर्जा वा उत्साहमा कमी आउनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा स्थिरताले सफलता दिलाउने छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । साताको मध्यमा घर परिवारसँग रमाइलो समय व्यतीत हुनेछ । नोकरी वा पेशामा अधिकारी वर्गहरु सहयोगी सिद्ध हुनेछन् । साताको अन्तिममा शुभचिन्तकहरूको सहयोगले रोकिएका काम बन्नेछन् । पहिलाका बनाएका योजनाहरूबाट लाभ उठाउन सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा कार्य क्षेत्रमा नयाँ योजना निर्माण गर्न सक्नुहुनेछ । स्वास्थ्यलाई लिएर अनावश्यक खर्च बढ्न सक्छ । साताको मध्यमा अध्ययन वा नयाँ सीप सिक्नको लागि राम्रो समय रहेको छ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । साताको अन्तिममा पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । महत्वकांक्षी योजनाहरू पूरा गर्न संघर्ष गर्नुपर्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा कुनै पनि कार्यलाई लिएर भावनात्मक सन्तुलन कायम राख्नु आवश्यक रहेको छ । कार्य क्षेत्रमा मेहनतको प्रशंसा हुनेछ । साताको मध्यमा स्वास्थमा थकानको महसुस हुनेछ । आत्मविश्वासको कमीले गरेको काममा निखार नआउला । साताको अन्तिममा धर्म कर्ममा मन लाग्नेछ । उच्च शिक्षालाई लिएर नयाँ मार्ग प्रशस्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा समाजमा नयाँ जिम्मेवारी र नेतृत्वको भूमिका निभाउनु पर्ला । कार्य क्षेत्रमा हजुरको मेहनतको प्रशंसा हुनेछ । साताको मध्यमा दाम्पत्य जीवन सुमधुर रहनेछ । साझेदारी व्यापारमा लाभ मिल्नेछ । साताको अन्तिममा यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं । विद्यार्थीहरूलाई शिक्षामा एकाग्रताको कमी रहनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा प्रेम सम्बन्धमा कुनै कुरालाई लिएर असमझदारी बढ्न सक्छ । पुराना साथी भाइहरूसँगको भेटघाटले मन प्रसन्न रहनेछ । साताको मध्यमा कामको दबाव बढ्न सक्छ तर नतिजा राम्रो आउने सम्भावना रहेको छ । कार्य क्षेत्रमा शत्रुहरू सक्रिय रहनेछन् सचेत रहनुहोस् । साताको अन्तिममा मान प्रतिष्ठामा वृद्धि हुनेछ । कानुनी मुद्दा मामलाहरू सुल्झाउने समय छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा जग्गा जमिनबाट राम्रो लाभ लिन सकिनेछ । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको मध्यममा विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा गुरुजनहरूको सहयोग मिल्नेछ । भावानात्मक सम्बन्ध मजबुत हुनेछ । साताको अन्तिममा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा आत्मविश्वासमा वृद्धि हुनेछ । आर्थिक लाभका संकेत देखिनेछन् । अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ला । साताको मध्यमा पारिवारिक सम्बन्धलाई सरल र स्पष्ट राख्नुहोस् । माताको स्वास्थ्यलाई लिएर मनमा चिन्ता रहनेछ । साताको अन्तिममा व्यापार व्यवसायमा लाभ रहनेछ । मनमा परोपकारको भावना जागृत हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ । आर्थिक लाभ र सहयोगी मानिसहरू भेटिनेछन् । साताको मध्यमा पुरानो सोचमा परिवर्तन ल्याउँदा सफलता मिल्नेछ । धेर्य र पराक्रममा वृद्धि हुनेछ । साताको अन्तिममा टाढाका आफन्तहरूसँग रमाइलो भेटघाट हुनेछ । राजनीतिक क्षेत्रमा प्रभावशाली व्यक्तित्व निर्माण हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा भौतिक संसाधन जुट्नाले व्यापार व्यवसायमा उत्साहजनक परिवर्तन आउनेछ । अप्ठ्यारो परिस्थितिलाई सहज बनाउन सकिनेछ । साताको मध्यमा घुमफिर र मनोरञ्जनमा समय व्यतीत गुनेछ । स्वास्थ्य र घरायसी काममा सञ्चित रकम खर्च गर्नुपर्ला । साताको अन्तिममा मेहनतले विरोधीहरूलाई परास्त गर्न सफल भइनेछ । भाग्य सबल रहनेछ साथै धन र मानसम्मान समेत प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा स्वास्थ्य र सम्बन्धमा लापरवाहीले गर्दा समस्या निम्तिएला । आध्यात्मतर्फ मन जानेछ । साताको मध्यमा बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ । तारिफ योग्य कामले लोकप्रियता बढाउनेछ । साताको अन्तिममा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ लगानी र दीर्घकालीन योजनाहरूबाट लाभ हुने सम्भावना छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा रचनात्मक कार्यहरूमा रुचि बढ्नेछ । भविष्यलाई लिएर नयाँ योजनाहरू कोरिनेछन् । साताको मध्यमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ । सवारी साधन चलाउँदा सावधान रहनुहोला । साताको अन्तिममा नोकरी वा पेशामा पद प्रतिष्ठामा वृद्धि हुनेछ । विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकुल बनाउन सकिनेछ ।




