मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा कार्यक्षेत्रमा कामको दबाव बढ्न सक्छ तर अन्त्यमा सफलता मिल्नेछ । अरुको करकापमा काम गर्नुपर्ला । साताको मध्यमा धैर्य र पराक्रमले आँटेको कार्यमा सफलता मिल्नेछ । नयाँ आम्दानीको अवसर आउन सक्छ । साताको अन्तिममा आफन्तहरूको मध्य रमाइलो समय व्यतीत हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा कार्य क्षेत्रमा प्रशंसा पाइनेछ । आँटेको कार्यमा सफलता मिल्नेछ । साताको मध्यमा संगीत र कलाको क्षेत्रमा सफलता मिल्नेछ । संचित धनमा वृद्धि हुनेछ । साताको अन्तिममा विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा काममा नयाँ अवसर प्राप्त हुनेछ । आफन्तहरूको मध्य रमाइलो भोजनको आनन्द मिल्ला । साताको मध्यमा व्यवसायमा लाभ रहनेछ । आफन्त र भाइबहिनीहरूबाट सहयोग पाइनेछ । साताको अन्तिममा स्वास्थ्यमा थकान महसुस हुन सक्छ । खर्चमा नियन्त्रण राख्नुहोस् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा कार्यक्षेत्रमा पदोन्नति वा नयाँ जिम्मेवारी मिल्न सक्छ । आर्थिक पक्ष सबल रहनेछ । साताको मध्यमा रचनात्मक कार्यतर्फ मन जानेछ । संघ समाजमा नेतृत्वको भूमिका निभाउनु पर्ला । साताको अन्त्यमा आफुभन्दा साना भाइ बहिनीहरूबाट सहयोग पाइएला । महत्वकांक्षी योजनाहरू पूरा गर्ने समय रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ । आध्यात्मिक ज्ञानमा निखार आउनेछ । साताको मध्यमा रोकिएका कामहरू पूरा हुनेछन् । प्रशासनिक वा अधिकारी वर्गहरूको सहयोग पाइनेछ । साताको अन्त्यमा बोलिको प्रभावले अरुको मन जित्न सकिनेछ । मादक पदार्थको सेवनबाट जोगिनुहोस् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा सेवा तथा परोपकारी कर्मले प्रसिद्धि दिलाउनेछ । व्यापारमा मन्दी आउनुका साथै लगानी अड्किने सम्भावना रहेको छ । साताको मध्यमा स्वास्थ्य कमजोर हुनाले समयमा उपलब्धि प्राप्त नहुन सक्छ । सहयोगीहरू स्वार्थका लागि पछि लाग्नेछन् । साताको अन्तिममा अर्थोपार्जनका बाटाहरू सुधार्ने समय रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा लगनशीलताले विरोधीहरू परास्त हुनेछन् । कार्य क्षेत्रमा पिताको सहयोग मिल्नेछ । साताको मध्यमा उद्योग व्यापारमा पहिला लिएका निर्णयले मनग्य सफलता दिलाउनेछ । मेहनतीहरूलाई राम्रो परिणाम प्राप्त हुनेछ । साताको अन्त्यमा अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला । स्वास्थमा कमजोरीको अनुभूति हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा धार्मिक र सामाजिक कार्यमा सहभागिता बढ्नेछ । नयाँ अवसर प्राप्त हुनुका साथै नयाँ चुनैतिहरूको सामना गर्नुपर्ने हुन्छ । साताको मध्यमा चुनौती पन्छ्याउँदै काम बनाउने समय रहेको छ । नयाँ कामको जग बसाउने समय रहेको छ । साताको अन्त्यमा कानुनी मुद्दा मामलाहरू सजिलै सम्पादन हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा पुरानो सम्झौता भंग हुनाले व्यापारमा हानि हुने सम्भावना रहेको छ । स्वास्थ्यमा ध्यान दिनुहोस् । साताको मध्यमा फाइदाको स्रोतहरू पहिल्याउन सकिनेछ । अध्ययन अध्यापनमा राम्रो प्रगति हुनेछ । साताको अन्तिममा रोजगारिका का नयाँ अवसरहरू फेला पर्नेछन् । श्रमको उचित मूल्याङ्कन पाइनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा साझेदारी व्यापारमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । घर परिवारमा कुनै कुरालाई लिएर असमझदारी बढ्नेछ । साताको अन्तिममा अध्ययनको लगाबले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । परोपकार र सद्विचारलाई आत्मसार गर्नेहरूको लागि भाग्यले नयाँ मार्ग प्रशस्त गर्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा परीक्षामा सफलता मिल्नेछ । सवारी साधन चलाउँदा सावधान रहनुहोला । साताको मध्यमा जीवन साथीको स्वास्थ्यलाई लिएर सचेत रहनुहोस् । शुभचिन्तकहरूको साथ मिल्नाले विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सकिनेछ । साताको अन्तिममा राजनीतिक क्षेत्रमा लोकप्रियता हासिल गर्न सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा नोकरी वा पेशामा अधिकारी वर्गहरु हजुरको कार्यशैलीबाट प्रभावित रहनेछन् । व्यापारलाई पारदर्शिता राख्नुहोस् । नोकरी वा पेशामा प्रतिस्पर्धीहरूको चलखेल बढ्नेछ । साताको अन्तिममा सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ । कलात्मक र सिर्जनात्मक क्षेत्रमा प्रगति हुनेछ ।




