मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा जोश जागरमा वृद्धी हुनेछ । आर्थिक पक्षमा लाभ हुनेछ । सातको मध्यमा यात्रा गर्दा आफ्नो सामान जिम्मेवारी स्वयं राखौं । मानसिक चिन्तनबाट टाढा रहनुहोस् । साताको अन्त्यमा पारिवारिक सम्बन्धमा सुधार हुनेछ र आफन्तसँग भेटघाटको रमाइलो अवसर मिल्नेछ । विद्यार्थीहरूको लागि अध्ययनमा ध्यान केन्द्रित गरेने समय रहेको छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा पारिवारिक वातावरण सुखद रहनेछ साथै घरमा शुभ कार्यको चर्चा हुन सक्छ । आर्थिक पक्ष सबल रहनेछ । साताको मध्यमा सामाजिक जिम्मेवारी बढ्नेछ भने आफ्नो क्षेत्रमा नेतृत्व हात लागि हुनेछ । साताको अन्तिममा भावनात्मक पक्ष बलियो बन्नेछ । अतिरिक्त कार्यभारको कारण थकान देखिन सक्छ, त्यसैले आरामलाई प्राथमिकता दिनुहोस् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा अतिरिक्त मेहनत गरेर लाभ उठाउन सकिनेछ । आँटले कीर्ति र यश बढाउने कार्य गर्न सकिनेछ । साताको मध्यमा मित्र र सहकर्मीहरूको सहयोग प्राप्त हुनेछ । पढाइ र बौद्धिक कार्यमा सफलता मिल्ने योग देखिन्छ । साताको अन्तिममा नयाँ योजना सफल हुने सम्भावना रहेको छ । शेयर बाजारबाट लाभ आर्जन हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा खानपानको सावधानीले स्वास्थ्य अनुकूल रहनेछ । उपलब्धिहीन कार्यमा समय र धन खर्च हुनेछ । साताको मध्यमा नोकरी वा पेशामा अनुभवी व्यक्तिहरूको सहयोग मिल्नाले कार्य सिद्ध हुनेछ । धर्म कर्मतर्फ मन जानेछ । साताको अन्तिममा रचनात्मक काममा सफलता मिल्नेछ । विद्यार्थीहरूलाई अध्ययनमा प्रगति हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा प्रेम सम्बन्धमा मधुरता आउनेछ । व्यापार व्यवसायमा जीवन साथीको सहयोग मिल्नेछ । साताको मध्यमा लामो दूरीको यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं । किनमेल गर्दा लापरवाहीले समस्या निम्ताउला, सावधान रहनुहोस् । साताको अन्तिममा सामाजिक कार्यमा सहभागी भइएला । उच्च शिक्षा र करियरलाई लिएर नयाँ अवसरहरू मिल्नेछन् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा कार्य क्षेत्रमा परिवर्तन ल्याउन सकिनेछ । सुरुवाती दिनमा कामको चाप बढ्न सक्छ । साताको मध्यमा दाम्पत्य जीवन सुमधुर रहनेछ । साझेदारी व्यापारबाट लाभआर्जन गर्न सकिनेछ । साताको अन्त्यमा विदेशतिरबाट शुभ सूचना मिल्नेछ । आध्यात्मिक ज्ञानलाई निखार्ने समय रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ । सृजनात्मक र कलात्मक क्षेत्रतर्फ रुचि बढ्नेछ । साताको मध्यमा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । नोकरी वा पेशामा प्रतिस्पर्धीहरूको चलखेल बढ्नेछ । साताको अन्तिममा आफन्तहरूको साथले मनोबल उच्च रहनेछ र काममा आशा जाग्नेछ । जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा पारिवारिक जीवनमा खुसीको वातावरण रहनेछ । नोकरी वा पेशामा नयाँ जिम्मेवारी बढ्न सक्छ । साताको मध्यमा प्रेम सम्बन्ध सुमधुर रहनेछ । विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा गुरुजनहरूको सहयोग मिल्नेछ । साताको अन्त्यमा वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला । ऋण दिएको रकम हात लागि हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा धैर्य वा पराक्रमले आँटेको कार्यमा सफलता मिल्नेछ । पुरानो लगानीबाट फाइदा उठाउन सकिनेछ । साताको मध्यमा अनावश्यक खर्च बढ्ने सम्भावना भएकाले बजेट व्यवस्थापनमा ध्यान दिनुहोस् । जग्गा जमिन सम्बन्धी कामबाट लाभ उठाउन सकिनेछ । साताको अन्त्यमा गोप्य योजनाहरू सफल हुनेछन् । व्यापार र काममा सुधार देखिन सक्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा परिवारको मध्य रमाइलो भोजनको आनन्द मिल्ला । लामो दूरीको यात्रा गर्नुपर्ला । साताको मध्यमा नयाँ योजनातर्फ अग्रसर भइनेछ । भौतिक संसाधन जुटाउनाले दिगो काम प्रारम्भ हुनेछ । साताको अन्तिममा अध्ययनको प्रभावले भौतिक क्षेत्र फराकिलो बन्नेछ । लगनशीलताले विभिन्न अवसरहरू दिलाउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी सिद्ध हुनेछ । समाजमा मान प्रतिष्ठा बढ्नेछ । साताको मध्यमा बोलिको प्रभावले कार्यहरू सिध्द गर्न सकिनेछ । पारिवारिक वातावरण मनोरञ्जनात्मक रहनेछ । साताको अन्तिममा आफ्नो क्षमता प्रदर्शन गरेर स्वरोजगारको बाटो खोल्नुका साथै रोकिएका काम पुन: सुचारु हुनेछन् । भाग्यले साथ दिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफन्तहरूसँगको भेटघाटले पारिवारिक सम्बन्ध मधुर बन्नेछ । दोहोराएर प्रयत्न गर्दा काममा सफलता हात लाग्नेछ । साताको मध्यमा सामान्य उपलब्धिलाई पनि गुणात्मक बनाउन सकिनेछ । कठिन समयमा जीवनसाथी र हितैसी मित्रको बलियो साथ मिल्नेछ । साताको अन्तिममा महत्वकाङ्क्षी योजनाहरू पुरा हुनेछन् । बुद्धिको उपयोगले उपलब्धि जोगाउन सफल भइनेछ ।




