मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा बोलिको प्रभावले कार्य सिध्द हुनेछ । अनावश्यक खर्च बढ्नाले परिवारमा मतभेद बढ्नेछ । साताको मध्यमा धैर्य वा पराक्रमले आँटेको कार्य पुरा हुनेछ । व्यापार व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ । साताको अन्तिममा काममा दोहोराएर प्रयत्न गर्दा सफलता मिल्नेछ । आगन्तुकहरूले व्यर्थमै अल्मल्याउन सक्लान् समयमानै सजग हुनुहोला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा मान प्रतिष्ठामा वृद्धि हुनेछ । आँटेको कार्य समयमा सम्पादन गर्न सकिनेछ । साताको मध्यमा अध्ययन अध्यापनलाई लिएर आफन्तहरुबाट टाडिनुपर्ला । परिवारको मध्य रमाइलो समय व्यतीत हुनेछ । साताको अन्तिममा प्रयत्न गर्दा साझेदारी व्यापारमा लाभ मिल्नेछ । आम्दानीका स्रोत बढ्नेछन् । श्रमको उचित मूल्यांकन पाइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा आध्यात्मिक ज्ञान निखार्ने समय रहेको छ । कमजोर स्वास्थ्यले कार्य समयमा सम्पादन नहोला । साताको मध्यमा नोकरी वा पेशामा अधिकारी वर्गहरुबाट प्रशंसा पाइनेछ । प्रतिष्ठित कामले अरुको मन जित्न सकिनेछ । साताको अन्तिममा विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ । अभिव्यक्तिको कलामा निखार आउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा योजना बनाएर कार्य गर्नुहोस् सजिलै लक्ष्यमा पुग्न सकिनेछ । पहिलाको कामबाट प्रशस्त लाभ हुनेछ । साताको मध्यमा सवारी साधन चलाउँदा सावधान रहनुहोला । वैदेशिक रोजगारमा सफलता मिल्नेछ । साताको अन्तिममा कार्य क्षेत्रमा विभिन्न अवसरले पछ्याउनेछन् । सेवामूलक कामबाट मान प्रतिष्ठा बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा उठ्नुपर्ने रकम हात लागि हुनेछ । व्यापार व्यवसायमा आफ्नो प्रभुत्व जमाउन सकिनेछ । साताको मध्यमा शेयर बजारबाट मनग्य लाभार्जन हुनेछ । मेहनतले नाम, दाम र इनाम दिलाउनेछ । साताको अन्त्यमा अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । परिस्थिति आफ्नो अनुकुल बनाउन दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा सांस्कृतिक संघ समारोहमा सम्मलित भइएला । भाग्यले कार्य क्षेत्रमा नयाँ अवसरहरू दिलाउनेछ । साताको मध्यमा विपरीत परिस्थितिमा पनि बुद्धि र विवेकको प्रयोग गरेर निर्णय लिनुहोला । साथीभाइको साथ र सहयोगले हिम्मत आउनेछ । साताको अन्त्यमा अध्ययन र सृजनात्मक क्षेत्रमा विकास हुनेछ । रोकिएका काम बन्नेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा स्वास्थ्यमा खानपिनमा ध्यान दिनुहोस् । निर्णायक मोडमा दुविधा उत्पन्न हुन सक्छ । धैर्यताका साथ निर्णय लिनुहोला । साताको मध्यमा मनमा आध्यात्मिक भाव जागृत हुनाले परोपकारी कार्यमा प्रवृत्ति भइनेछ । शुभचिन्तकहरूको सहयोग मिल्नेछ । साताको मध्यमा सामाजिक कार्यक्रमहरूमा भाग लिने अवसर मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा कार्य क्षेत्रमा कामको प्रशंसा हुनेछ । जीवन साथीको सहयोग पाइनेछ । साताको मध्यमा शैक्षिक क्षेत्र फराकिलो बन्नाले विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ । स्वास्थमा थकानको अनुभूति हुनेछ । साताको अन्त्यमा योजनानुरूप कार्य गर्नुहोस्, सफलता मिल्नेछ । पारिवारिक मामला सुल्झाउनलाई आफूभन्दा ठूलाको कुरालाई वेवास्था नगर्नुहोस् ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा कार्य क्षेत्रमा कामलाई लिएर दौडदुप गर्नुपर्ला । युवा वर्गहरूको करियरलाई लिएर नयाँ अवसरको खोजीमा समय बित्नेछ । साताको मध्यमा दाम्पत्य जीवन सुमधुर रहनेछ । पढाईमा एकाग्रता बनाएर राख्नुहोस् । प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ । साताको अन्त्यमा धार्मिक स्थानमा यात्रा र भ्रमणले मन प्रसन्न रहनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा महत्वकांक्षी लक्ष्य प्राप्त गर्न शुभचिन्तकहरूले साथ दिनेछन् । घरमा शुभ वा मांगलिक कार्यको शुभारम्भ हुनेछ । सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ । साताको मध्यमा कार्य क्षेत्रमा गोपनियतामा ध्यान राख्नुहोला । स्वास्थ्यको लागि खानपिनमा सजग रहनुहोस् । साताको अन्त्यमा साझेदारी व्यापारमा लाभ रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा प्रशासनिक काममा ढिला सुस्ती हुनाले काम समयमा सम्पादन नहोला । संवैधानिक पदको मर्यादा राख्नुहोस् । साताको मध्यमा संवेदनशील निर्णयहरूमा आफन्तहरूको सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । साताको अन्त्यमा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । व्यापार विस्तारलाई लिएर नयाँ योजनाहरू बन्नेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा पहिलाको सफलताले नयाँ कार्य गर्नमा हौसला जगाउनेछ । धार्मिक योजनाहरूमा भागेदारी बढ्नेछ । साताको मध्यमा वित्तीय मामलाहरूमा सावधानी अपनाउनुहोस् । कार्य क्षेत्रमा साहसिक कार्य गर्ने समय रहेको छ । साताको अन्तिममा अध्ययनमा आइरहेको बाधा दूर हुनेछ । आफन्तहरू मध्य रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द पाइएला ।




